Saturday, 4 April 2020

Fundamental rights provided to foreigner by constitution of Nepal.


  • Each person shall have the right to live with dignity.
  • No law shall be made for capital  punishment.
  • Except as provided for by law no person shall be deprived of her/his personal liberty.
  • There shall not be any gender discrimination regarding remuneration for the same work and social security.
  • No person shall be detained without being informed of the ground for such an arrest.
  • The person who is arrested shall have the right to consult a legal practitioner of her/his choice and be defended from the time of arrest. The consultations held with the legal practitioner and the advice given thereon shall remain confidential.
    provided that this cause shall not apply to a citizen of an enemy state.
  • No person shall be punished for an act which was not punishable by law when the act was committed, and no person shall be subjected to a punishment greater than that prescribed by law at the time of the offence.
  • No person accused of any offence shall be assumed to be an offender until proven guilty.
  • No person shall be prosecuted or punished for the same offence in a court of law more than once.
  • No person accused of any offence shall be compelled to be a witness against herself/himself.
  • Every person undergoing trial shall have the right to be informed about the proceedings of the trials.
  • Every person shall be entitled to a fair hearing from an impartial, independent and competent court or judicial authority.
  • No person shall be held under preventive detention unless there is sufficient ground to believe that there exists an immediate threat to the sovereignty and territorial integrity of Nepal or public peace and order.
  • No person shall be treated with any kind of untouchability or discrimination in any private or public place on grounds of caste, ethnicity, origin, community, occupation, or physical condition.
  • Each person shall be free to profess, practice, and preserve his/her religion according to his/her faith.
  • Except in circumstances provided by law, privacy in relation to the person, and their residence, property, documents, records, statistics and correspondence, and their reputation are inviolable.
  • Every person shall have the right against exploitation.
  • No person shall be subjected to any kind of exploitation on the basis of religion, customs, tradition, culture, practices or any other bases.
  • Every person and community shall have the right to use their language.
  • Every person and community shall have the right to participate in the cultural life of its community.
  • Each consumer shall have the right to quality foodstuffs and services.

Policy regarding international relations of Nepal

  • Pursuing an independent foreign policy considering national interest to be of utmost importance , on the basis of the UN charter, non-alignment, principle of Panchasheel, international law and universal norms, and by remaining active to defend the sovereignty, indivisibility, national independence and national interest.
  • Entering into treaties and agreements on the basis of equality and mutual interest, by reviewing past treaties.

Policies regarding tourism in Nepal.

Developing environment friendly tourism industry as an important basis of national economy by identifying, protecting, promoting and publicizing the historical, cultural, religious, archaeological and natural heritage sites of the country, and prioritizing local people in the distribution of benefits of the tourism industry.

Directive Principles of the state announced in constitution of Nepal.

  • It shall be the political objective of state to strengthen a federal democratic republican system to ensure an atmosphere where democratic rights are exercised by acknowledging sovereignty, independence and integrity of the country to be of utmost importance; by protecting freedom, equality, property and all citizens through rule of law; by embracing the norms and values of fundamental rights and human rights, gender equality, proportional inclusion, participation and social justice; and by maintaining a just system in all spheres of national life in order to establish a government system aimed at public welfare, while maintaining relations between federal units on the basis of cooperation between them, and internalizing the principle of inclusion in the governance system on the basis of local autonomy and decentralization.
  • It shall be the socio-cultural objective of the state to build a civilized and egalitarian society by ending all forms of discrimination, oppression and injustice based on religion, culture, cultural practices, customs, traditional practices, or on any other grounds; develop socio-cultural values based on  national pride, democracy, people orientation, dignity of labor, entrepreneurship, discipline, dignity and tolerance, by respecting cultural diversity and maintaining communal harmony, solidarity and amity.
  • It shall be the economic objective of the state to make the national economy self-reliant, independent, and developing it towards socialism oriented economy with equitable distribution of resources and means, by ending all forms of economic exploitation and inequality, with maximum utilization of available resources and means through the participation of cooperatives, and public and private sector for sustainable development, and to build an exploitation-free society by fair distribution of the the achievements made so far.
  • The international relations of the state shall be directed towards maintaining international relations based on sovereign equality, protecting sovereignty, independence, territorial integrity and national interest of the country, and promoting national prestige in the international community.

Thursday, 2 April 2020

नेपालकाे राष्ट्रिय सभा र प्रतिनिधि सभा बीचकाे अन्तरसम्बन्ध ।

नेपालकाे केन्द्रिय संरचना दुइ सदनात्मक रहेकाे छ। प्रत्यक्ष र समानपातिक निर्वाचन पद्धतिबाट निर्वाचित जनप्रतिनिधिहरूकाे संसद प्रतिनिधि सभा हाे भने एकल संक्रमणीय मतकाे निर्वाचन पद्धतिबाट चुनिएर अाएकाहरूकाे संसद राष्ट्रिय सभा हाे । 
यिनिहरूबीचकाे अन्तरसम्बन्धलाइ देहायबमाेजिम बुँदागत गर्न सकिन्छ ।

  • नेपालकाे संविधानकाे धारा १११ अनुसार विधेयक पारित गर्नकाेलागि यि दुवै सदन मध्य जुन सदनमा विधेयक उत्पति भएकाे हाे त्याे विधेयक अर्काे सदनमा पेश गरी पारित गर्नुपर्छ । यस्ताे विधेयक उत्पति भएकाे सदनले पारितकाेलागि अर्काे सदनमा पठाएकाे खण्डमा २ पारित, अस्वीकार वा संसाेधन सहित पारित के गर्ने हाे गरेर उत्पति भएकाे सदनमा फिर्ता पठाउनु पर्ने हुन्छ ।
    तर, 
    अर्थ विधेयक प्रतिनिधि सभामा मात्र पेश गर्न मिल्छ र त्याे विधेयक राष्ट्रिय सभामा स्वीकृतिकालागि पठाएकाे १५ दिन भित्र राष्ट्रिय सभाले जवाफ पठाइ सक्नुपर्छ । ( याे अर्थ विधेयक मात्र यस्ताे विधेयक हाे जसलाइ राष्ट्रिय सभाले पारित गरे पनि नगरे पनि प्रतिनिधि सभाले पारित गरी प्रमाणिकरणकाे लागि राष्ट्रपति समक्ष पेश गर्न सक्छ ।)
  • संघीय संसदकाे दुवै सदनकाे तत्काल कायम रहेका सदस्य संख्याकाे कम्तिमा दुइतिहाइ बहुमतले संकटकालिन अवस्थाकाे घाेषणा, सन्धि सम्झाैता अनुमाेदन, राष्ट्रपति विरूद्ध महाअभियाेग, संविधान संसाेधन, जनमत संग्रहकाे निर्णय जस्ता विषयमा निर्णय गर्न सक्ने ।
  • संसदिय सुनुवाइ संसदका दुवै सदनका सदस्य माझ हुने ।
  • राजश्व र व्ययकाे अनुमान दुवै सदनले पारिग गर्नुपर्ने ।
  • राष्ट्रपतिकाे निर्वाचनका लागि निर्वाचक मण्डलमा दुवै सदनका सदस्यहरू रहने ।
  • संघीय संसदकाे महासचिव नियुक्ति प्रतिनिधि सभाकाे सभामूख र राष्ट्रिय सभाकाे अध्यक्षकाे संयुक्त सिफारिसमा राष्ट्रपतिले गर्ने ।
  • प्रदेश सभाकाे विघटनकाे निर्णय संघीय संसदका दुवै  सदनमा तत्काल कायम सहेका सदस्य सँख्याकाे बहुमतबाट पारित गर्ने ।
  • दुवै सदन जनप्रतिनिधि मूलक संस्था हुन् ।

Wednesday, 1 April 2020

संघ, प्रदेश र स्थानीय तहबीचकाे विधायिकी अन्तरसम्बन्ध ।

नेपालकाे संविधानकाे भाग २० मा संघ, प्रदेश र स्थानीय तहबीचकाे विधायिकी सम्बन्धकाे बारेमा उल्लेख गरिएकाे छ । जस अनुसार संघ, प्रदेश र स्थानीय तहबीच देहायबमाेजिमकाे सम्बन्ध रहने छ। 

  • संघीय सरकारले नेपालकाे जुनसुकै स्थानमा वा कुनै विशेष स्थानमा मात्र लागू हुने गरी कानून बनाउन सक्नेछ । यसकाे अर्थ नेपाल सरकारले नेपाल भर लागू हुनेछ भनी बनाएकाे कानून सबै प्रदेश र स्थानीय तहले अनिवार्य पालन गर्नुपर्ने छ भने कुनै क्षेत्रलाइ मात्र ताेकेर बनाएकाे कानुन उक्त ताेकिएकाे क्षेत्रमा माात्र लागू हुने छ । अन्य क्षेत्रमा लागू गर्न जरूरी छैन ।
  • कुनै पनि प्रदेशले बनाएकाे कानून संघीय सरकारले बनाएकाे कानून जस्तै उक्त प्रदेश भर वा ताेकिएकाे क्षेत्रमा मात्र लागू हुनेछ ।
  • यदि प्रदेशहरूबीचकाे साझा अधिकार सूचिमा परेकाे कुनै विषयमा (अनुसूचि ६) सम्बन्धित प्रदेशले संघीय सरकारलाइ कानून बनाइदिन अनुराेध गरेकाे खण्डमा संघीय संसदले उनिहरूकाे माग बमाेजिम अावश्यक कानून बनाउनु पर्नेछ । त्यसरी बनाएकाे कानून सम्बन्धित प्रदेशहरूमा मात्र लागू हुनेछ ।
  • संघ, प्रदेश र स्थानीय तहबीचकाे सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयकाे सिद्धान्तमा अाधारित हुनेछ ।
  • नेपाल सरकारले राष्ट्रिय महत्वका विषयमा र प्रदेशहरूबीच समन्वय गर्नुपर्ने विषयमा प्रदेश मन्त्रिपरिषदलाइ संविधान र संघीय कानून बमाेजिम अावश्यक निर्देशन दिन सक्ने छ र त्यस्ताे निर्देशन पालन गर्नु सम्बन्धित प्रदेशकाे कर्तव्य हुनेछ ।
  • यदि कुनै प्रदेशमा नेपालकाे सार्वभाैमसत्ता, भाैगाेगिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भिर असर पर्ने किसिमकाे कार्य भएमा राष्ट्रपतिले त्यस्ताे प्रदेश मन्त्रिपरिषदलाइ अावश्यकता अनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद र प्रदेश सभालाइ बढीमा छ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्नेछ ।
  • यदि राष्ट्रपतिले कुनै प्रदेश मन्त्रिपरिषद र प्रदेश सभा विघटन वा निलम्बन गरेमा त्यस्ताे कार्य गरेकाे ३५ दिन भित्र संघीय संसदकाे तत्काल कायम रहेकाे सम्पूर्ण सदस्य संख्याकाे बहुमतबाट अनुमाेदन गराउनु पर्नेछ । यसरी विघटन वा निलम्बन सम्बन्धी गरेकाे कार्य संघीय संसदबाट अनुमाेदन भएमा त्यस्ताे प्रदेशमा ६ महिनाभित्र प्रदेश सभाकाे निर्वाचन हुनेछ  तर संघीय संसदबाट अनुमाेदन नभएमा उक्त निलम्बन वा विघटन सम्बन्धी कार्य स्वतः निष्कृय हुनेछ । 
  • यदि निलम्बन वा विघटन सम्बन्धि कार्य अनुमाेदन भएमा  त्यस्ताे निलम्बन अवधिभर र प्रदेश सभाकाे निर्वाचन नहुँदासम्म उक्त प्रदेशमा संघीय शासन लागू हुनेछ ।
  • संघीय शासन लागू भएकाे अवस्थामा उक्त प्रदेशमा संघीय संसदले साझा अधिकार सूचिमा परेका विषयमा अावश्यक कानून बनाउन सक्नेछ र उक्त कानून नव निर्वाचित प्रदेश सभाले अर्काे कानून नबनाउँदा सम्म कायम रहनेछ ।
  • नेपाल सरकारले अाफै वा प्रदेश सरकार मार्फत गाउँपालिका वा नगरपालिकालाइ संविधान र संघीय कानून बमाेजिम अावश्यक सहयाेग गर्न र निर्देशन दिन सक्नेछ । त्यस्ताे निर्देशनकाे पालना गर्नु गाउँपालिका वा नगरपालिकाकाे कर्तव्य हुनेछ ।
  • एक प्रदेशले अर्काे प्रदेशकाे कानूनी व्यवस्था, वा न्यायिक एवं प्रशासकीय निर्णय वा अादेशकाे कार्यान्वयनमा सहयाेग गर्नु पर्नेछ ।
  • एक प्रदेशले अर्काे प्रदेशसँग साझा चासाे, सराेकार र हितकाे विषयमा सूचना अादान प्रदान गर्न, परामर्श गर्न, अाफ्नाे कार्य र विधायनका बारेमा अापसमा समन्वय गर्न र अापसी सहयाेग विस्तार गर्न सक्नेछ ।
  • एक प्रदेशले अर्काे प्रदेशकाे बासिन्दालाइ अाफ्नाे प्रदेशकाे कानून बमाेजिम समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउनु पर्नेछ ।
  • संघ र प्रदेश तथा प्रदेश प्रदेश बीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न एक अन्तरप्रदेश परिषद रहनेछ जसमा तपशिलका पदाधिकारी रहनेछन् ।
  1. प्रधानमन्त्री अध्यक्ष
  2. नेपाल सरकारका गृहमन्त्री सदस्य
  3. नेपाल सरकारका अर्थमन्त्री सदस्य
  4. सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य
याे अन्तर प्रदेश परिषदकाे बैठक अावश्यकता अनुसार बस्नेछ । अाफ्नाे बैठक सम्बन्धी कार्यविधि पनि याे अाफैले बनाउनेछ । यसले अाफ्नाे बैठकमा विवादकाे प्रकृति अनुसार विवादकाे विषयसँग सम्बन्धित नेपाल सरकारकाे मन्त्री र सम्बन्धित प्रदेशकाे मन्त्री तथा विशेषज्ञलाइ अामन्त्रण गर्न सकिने छ ।

संघीय शासन प्रणाली र नेपालमा यसका चुनाैती ।

संघीयता

संघीयता शासन सञ्चालनकाे एक विधि हाे । जहाँ एउटै भूगाेल र राजनीतिक प्रणाली भित्र दुइ वा साे भन्दा बढी तहकाे सरकार हुन्छ । यस किसिमकाे शासन व्यवस्थामा संविधानमा नै ति तहगत सरकारका विधायिकी, कार्यकारिणी र व्यवस्थापकिय अधिकारहरू स्पष्ट रूपमा उल्लेख भएका हुन्छन् । अाम नागरिकहरू अाफ्नाे राजनीतिक, अार्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू स्वतन्त्र रूपमा अाफैले सञ्चालन गर्न चाहन्छन् । यसाे गर्दा स्थानीय तहकाे विकास र समृद्वि हुन समय लाग्दैन । सरकार र जनताकाे दूरी घटाउन पनि संघीयताकाे अावश्यकता महशुस भएकाे हाे । संघीयता विविधतायुक्त मुलुककालागि उत्तम शासन व्यवस्था हाे । विविधतायुक्त समाज रहेकाे मुलुकका सबै वर्ग, क्षेत्र, समुदाय, धर्म, लिङ्ग अादि क्षेत्रकाे प्रतिनिधित्व गर्ने जनताकाे राज्य प्रति अपनत्व सृजना गर्न यसले महत्तम भुमिका निर्वाह गर्दछ । 
यसै सन्दर्भमा नेपालले पनि  वि.सं. २०७२ साल असाेज ३ मा नेपालकाे संविधान जारी गरे पश्चात संघीय शासन प्रणाली अंगिकार गरेकाे छ । उक्त संविधानकाे धारा ५६ मा संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे मुल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तिन तहकाे हुनेछ भनी व्यवस्था गरिएकाे छ । यसै अनुरूप नेपालमा सात प्रदेश र ७५३ स्थानीय तहकाे स्थापना वि.सं. २०७३ साल फाल्गुन २७ मा गरे संगै विधिवत रूपमा नेपाल पनि संघीय राज्य बन्न पुगेकाे हाे ।
वर्तमान समयमा संघीयताकाे माेडेलमा शासन सञ्चालन गरिरहेका २८ देश मध्य ९ देश विकसित, १५ देश विकासशील र बाँकी ४ देश कम विकसित छन् । कम विकसित राष्ट्रहरू नेपाल, काेमरस, इथियाेपिया र सुडान हुन् । नेपाललाइ संघीयतामा जान प्रेरित गर्ने देशहरू नर्वे र फिनल्याण्ड अाफैले केन्द्रिकृत शासन प्रणाली सञ्चालन गरिरहेका छन् ।

संघीयताकाे अाधार

संघीयता अबलम्बन गर्नकाेलागि देशमा रहेकाे जनसंख्या, भूगाेल, भाषाभाषी, जातजाति, अार्थिक स्थिति अादि विविध पक्षमा विचार पुर्याउनु पर्छ । सबैभन्दा राम्राे त संघीयताकाे अाधार जातजाती, भाषाभाषीमात्र नभइ सामर्थ्य र पहिचान हुनुपर्दछ ।  सामर्थ्य अन्तर्गत अार्थिक उन्नति, प्राकृतिक स्राेतकाे उपलब्धता, प्रशासनिक सुगमता, पूर्वाधार विकास अादि गतिविधि पर्छन् भने पहिचान अन्तर्गत जातिय, भाषिक, साँस्कृतिक, भाैगाेलिक, एेतिहासिक गतिविधि अादि पर्छन् ।
संघीयताकाे मूल मर्म भनेकै संघ र प्रदेशहरूबीच अधिकारकाे बाँडफाँड हाे । तर राष्ट्रिय सुरक्षा, अन्तराष्ट्रिय सम्बन्ध, मुद्रा निष्काशन, सैनिक व्यवस्थापन र राष्ट्रिय महत्वका अन्य विषय संघले नै राख्नु पर्छ ।

संघीयताकाे निर्माण

हाल सम्म संघीयता निर्माणका तिन वटा तरिका रहेका छन् । संघीय सदस्यहरू कसरी संघीयतामा समावेश भएका  छन् भन्ने विषयले नै संघीयता निर्माणकाे विधिलाइ पुष्टी गर्छ । संघीयता ३ वटा विधि यस प्रकार छन् ।

Coming together method

यस विधिमा स्वतन्त्र राज्यहरू अापसमा नजिक अाएर समुहमा अावद्ध हुन्छन् । अमेरिका यसकाे ठाेस उदाहरण हाे । त्यहाँ सन् १७८१ मा १३ वटा स्वतन्त्र राज्यहरू एक अावसमा सहमती गरी परिसंघकाे निर्माण गरे । त्यस पछि सन् १७८७ मा अमेरिकी संविधान लागू भएपछि उक्त संघ संघीयतामा परिणत भयाे । यसै गरी रूस, स्वीटजरल्याण्ड, अष्ट्रिया अादि देशमा पनि यसरी नै संघीयता कायम भएकाे हाे ।

Deaggregation method

एकात्मक राज्य टुक्रनबाट राेक्नुकाे विकल्पमा याे संघीयता बन्न जान्छ । यसले राज्य टुक्रनबाट त राेक्न सक्छ तर एकात्मक राज्य अब एकात्मक रहँदैन । त्यहाँ  याे विधिबाट संघीयता लागू भएकाे हुन्छ । यसलाइ holding together भनेर पनि चिनिन्छ । जर्मनी, इथियाेपिया, स्पेन अादि देशमा यसरी नै संघीयता लागू भएकाे हाे ।

Mixed method

यसरी बन्ने संघीयतामा न त कुनै स्वतन्त्र राज्यहरू एक अापसमा समुहमा अाउँछन् न त कुनै एकात्मक राज्य टुक्रन नदिनु काे विकल्पमा संघीयता अपनाइएकाे हुन्छ । केन्द्रले अवशिष्ट अधिकार सहित महत्वपूर्ण भूमिका अाफूमा राखेर प्रदेश र स्थानीय तहलाइ अाधारभूत तर सिमित अधिकार प्रदान गरी जनताका अाधारभूत अावश्यकता सन्निकटताकाे सिद्धान्त बमाेजिम जनताकै घरदैलाेबाट परिपुर्ति गर्नकाे लागि यस किसिमकाे संघीयता अंगिकार गरिन्छ । अाफू पूर्ण विकसित भै नसकेकाे तर केन्द्रिय र एकात्मक शासन प्रणालीबाट अाफूलाइ स्वतन्त्र राख्न चाहने राज्यलेे याे शासन प्रणाली अपनाउने गर्छन् । क्यानडा, भारत लगायतका देशमा याे शासन प्रणाली अंगालिएकाे छ ।

अधिकार बाँडफाँडकाे अाधारमा संघीयताकाे प्रकार

अधिकार बाँडफाँडकाे अाधारमा संघीयताकाे वर्गिकरण देहायबमाेजिम तिन प्रकारमा गरिएकाे छ ।

Centripetal Federalism

केन्द्रमा बढी अधिकार सुरक्षित गरिन्छ । प्रान्त र स्थानीय तहकाे सरकारकाे अवस्था अनुसार तिनिहरूलाइ अधिकार प्रदान गरिएकाे हुन्छ । यसलाइ केन्द्रमूखी संघीयता भनिन्छ ।

Centrifugal Federalism

यस प्रकारकाे संघीयतामा केन्द्रले केहि सिमित अधिकार मात्र अाफूसँग राखेर सम्पूर्ण अधिकार प्रदेश तथा स्थानीय सरकारलाइ सुम्पेकाे हुन्छ । यसलाइ केन्द्रविमूख संघीयता भनिन्छ ।

Asymmetrical Federalism

भिन्न भिन्न प्रदेश वा स्थानीय सरकारमा फरक फरक अधिकार रहने गरी डिजाइन गरिएकाे शासन पद्धति हाे याे । संघीयतामा अावद्ध प्रान्तहरूबीच तिनिहरूकाे क्षमताकाे अाधारमा अधिकार पनि बाँडिएकाे हुन्छ ।

संघीयता कति सफल कति असफल

विश्वमा संघीयता अंगाल्ने देशहरू भाैगाेलिक रूपमा साना ठुला दुवै किसिमका छन् तर विश्वमा भएका करिब २०० राष्ट्र मध्य २८ वटा देशले मात्र संघीयता अपनाएका छन् । यसकाे अर्थ संघीयतालाइ panacea for all भन्न पनि मिल्दैन किन भने संघीयताकाे सफलताकालागि राजनीतिक स्थिरता, अार्थिक सक्षमता, सामाजिक न्याय, उच्च चेतनास्तर, स्वयं संघीयताकाे माेडल अादिले विशेष महत्व राख्दछ । नाइजेरिया, रूवाण्डा, सुडान, कङ्गाे अादि देशमा जातिय र क्षेत्रिय युद्धकाे कारण संघीयता फस्टाउन नसकेकाे विज्ञहरूकाे मत रहेकाे छ ।
 एकात्मक शासन प्रणालीबाट संघात्मक शासन प्रणालीमा गएर टिक्न नसकी फेरी एकात्मक शासन प्रणालीमा अाएका उदहारण पनि नभएका हाेइनन् । युगाण्डा १९६६ मा संघीयतामा गयाे तर ३ वर्षमा नै पुनः एकात्मक शासन प्रणालीमा फर्कियाे । त्यस्तै क्यामरून ११ वर्षकाे संघीयताकाे स्वाद चाखेर १९७२ मा पुनः एकात्मक शासन व्यवस्थामा फर्केकाे हाे भने चेकाेस्लाेभाकिया पनि २४ वर्ष संघीयतामा गएर सन् १९९३ मा पुनः पुरानै पद्धतिमा फर्कियाे । सबै भन्दा बढी समय ४७ वर्ष संघीयता लागू गरेकाे रिपब्लिक अफ युगाेस्लाभियाले पनि संघीयताकाे भार धान्न नसकेर सन् १९९२ मा पुनः एकात्मक शासन प्रणालीलाइ अात्मसात गरेकाे हाे ।
छिमेकी देश भारतले १२ वटा राज्य बाट संघीयता सुरू गरेकाे हाे तर २०१४ मा तेलङ्गाना राज्यकाे स्थापनासँगै २९ वटा राज्य भएका छन् । अझै विभिन्न ठाउँमा छुट्टै राज्यकाे माग भइरहेकाे छ । नाइजेरियामा जातिय द्वन्द्वकै कारण ३ वटा राज्यबाट सुरू भएकाे संघीयता अहिले ३६ वटा राज्यमा विभाजित भएकाे छ । यसरी संघीयता geometric ratio  मा बढ्नुकाे कारण पक्कै पनि जातिय र भाषिक द्धन्द्ध नै प्रमुख कारणहरू हुन् ।

नेपालमा संघीयताकाे सन्दर्भ

विभिन्न बाइसे र चाैविसे राज्यलाइ एकिकरण गरी पृथ्वीनारयण शाहले सिङ्गाे राष्ट्रकाे निर्माण गरेका हुन् । त्यस पछि नेपाल हरक्षण टुक्रेकाे मात्र छ । राणाहरूले नेपाललाइ ३५ जिल्लामा विभाजन गरेर शासन सञ्चालन गरेका थिए । प्रजातन्तकाे बहाली पछि टंकप्रसाद अाचार्यकाे नेतृत्वमा गठित सरकारले ३५ जिल्लाकाे सट्टा नेपालमा सात प्रान्त, ३२ जिल्ला, ७६ सहायक जिल्ला, १६५ ब्लक र ६५०० गाउँ पञ्चायतमा विभाजन गर्ने निर्णय गर्याे तर कार्यान्वयन गर्न नपाउँदै उनि सत्ताच्यूत गरिए । २०१७ सालमा पञ्चायती शासनकाे पार्दुुभावसँगै नेपाललाइ १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियाे । त्यसलाइ पछि तत्कालिन राजा विरेन्द्रले २०२९ सालमा ४ विकास क्षेत्र र २०३७ सालमा एउटा थपेर पाँच विकास क्षेत्रमा विभाजन गरी क्षेत्रिय विकासकाे अवधारणालाइ फराकिलाे बनाए ।
दश वर्षे द्धन्द्ध र २०६२ सालकाे अान्दाेलनकाे माग बमाेजिम नेपालमा नयाँ संविधान र संघीयताकाे पार्दुभावकाे लागि संविधान सभाकाे निर्वाचन पनि भयाे २०६४ चैत्र २८ मा । तर यसले संघीयताकै विषयलाइ सुल्झाउन नसकेर संविधान बनाउन नबनाएरै विघटन भयाे । तत्पश्चात २०७० सालमा भएकाे दाेस्राे संविधानसभा निर्वाचन पश्चान नेपालमा संघीयता कार्यान्वयनकाे अाधारकाे रूपमा नयाँ संविधान नेपालकाे संविधान वि.सं. २०७२ साल असाेज ३ मा जारी भयाे ।
संघीयताकाे कार्यान्वयन गर्ने क्रममा संविधानकाे धारा १२७ मा उल्लेख भए बमाेजिम अदालत सम्बन्धि निर्णय गरियाे । साविकमा भएका १६ वटा पुनरावेदन अदालतलाइ विस्तापन गरी उच्च अदालतकाे मान्यता दिइयाे २०७३ असाेज २ मा र याेसँगै संघीयताकाे विजाराेपण भयाे । तत्पश्चात २०७३ साल फाल्गुन २२ गते गरेकाे मन्त्रिपरिषदकाे निर्णय २७ फाल्गुन २०७३ मा राजपत्त्रमा प्रकाशन भएसँगै नेपालमा ७ प्रदेश र ७५३ स्थानीय तह सहितकाे महत्वाकांक्षी संघीयताले नेपालमा विजयउत्सव मनायाे ।

नेपालमा संघीयता कार्यान्वयनमा देखिएका चुनाैती

नेपाल एक बहुजातिय, बहुभाषिय, बहुसाँस्कृतिक विशेषता बाेकेकाे देश हाे । यहाँ झण्डै १२५ जातजाती र १२९ भाषाभाषी रहेका छन् । विगतमा संघीयता कार्यान्वयन गरेका देशहरूकाे इतिहासलाइ हेर्ने हाे भने नेपाल जस्ताे बहुलतायुक्त समाज भएकाे देशमा संघीयता जाेगाउन मुश्किल पेरका उदाहरण धेरै छन् । यसाे भनेर नेपालमा संघीयता कार्यान्वयन नै गर्न सकिन्न भन्न खाेजेकाे पक्कै हाेइन । तर चुनाैती भने पक्कै अधिक हुन्छन् । जसमध्य केहि चुनाैती यसरी बुँदागत गर्न सकिन्छ ।
  • संघीयताकाे स्वरूपमा संघ, प्रदेश र स्थानीय तहलाइ अादेशकाे एकात्मकताकाे हिसाबले हेर्ने हाे भने स्थानीय तहमा संघ र प्रदेश दुवैका द्वैध अादेश रहने हुँदा झन्झटिलाे बनेकाे छ । संघले प्रदेशलाइ र प्रदेशले स्थानीय तहलाइ अादेश दिनेगरी माेडेल तयार गर्नु पर्थ्याे । यसाे गरिएकाे भए पनि जिल्लाकाे अनुपस्थितिमा प्रदेशले सबै स्थानीय तहमा अाफ्नाे उपस्थिति जनाउन सक्दैन ।
  • प्रदेशकाे संख्या, राजधानी र नामाकरणमा देखिएकाे विवादले जनता सार्वजानिक महत्वकाे विषयमा ढिक्का हुने कुरामा शंका उत्पन्न भएकाे छ ।
  • जनशक्ति व्यवस्थापन संघीयता कार्यान्वयनकाे निकै ठुलाे बाेझकाे विषय बनेकाे निश्चित हाे । गाउँगाउँमा सिँहदरबारकाे नाराले स्थानीय जनप्रतिनिधिलाइ अाफू सिँह भएकाे र स्थानीय कर्मचारीलाइ अाफू स्याल बनेकाे भान हुँदा कर्मचारी व्यवस्थापन स्थानीय  तहमा पेचिलाे बन्दै अाएकाे हाे । जनप्रतिनिधिकाे कर्मचारीतन्त्रिय (कर्मचारी सरह तलब भत्ताकाे अास) साेच र कर्मचारीकाे राजकीय हाउभाउले (जनताकाे सेवक हैन मालिक सम्झने अाफूलाइ) स्थानीय स्तरमा कर्मचारीकाे अभाव टार्न निकै हम्मेहम्मे परेकाे हाे ।
  • संसदिय व्यवस्था सुरू भएकाे करीब ६० वर्ष वितिसक्दा बल्ल तल्ल केन्द्रमा संघीय संसद भवन निर्माणकाे सुरूवात भएकाे छ भने ति ७५३ स्थानीय तह र ७ वटा प्रदेशमा कहिले बन्ला भरपर्दाे भाैतिक पूर्वाधार ? 
  • निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीकाे पनि प्रयाेग गरिने भएकाेले अागामी अावधिक निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा कुनै पनि दलकाे स्पष्ट बहुमत नअाउँदा विगतकाे जस्ताे अस्थिर सरकार बन्ने र फेरी राजनीतिक संक्रमण रहिरहने देखिन्छ ।
  • भाेलीका दिनमा कुनै प्रदेशले अाफ्नाे स्वायत्तताकाे माग गरेर संघीय सरकारसँग विवाद ल्याउन सक्ने र त्यसैमा बाहिरी शक्तिकाे साथ पायाे भने उक्त प्रदेश टुक्रने खतरा नअाउला भन्न सकिन्न । 
  • नेतृत्वले गरेका झिना मसिना गल्तिमा पनि संघीयतालाइ दाेष लगाउने प्रवृतिले गर्दा नेतृत्व वर्गमा पुगेका व्यक्तिले नै संघीयतालाइ अचानाे बनाइरहेका उदाहरण प्रशस्तै देख्न सकिन्छ । भाेलीका दिनमा कुनै दलगत गुट उपगुटलेे स्थानीय सरकारलाइ अाफ्नाे कब्जामा लिएर गलत संस्कृतिकाे सुरूवात पनि गर्ने खतरा उत्तिकै छ ।