लेखापरीक्षणकाे परिचय
कुनै पनि संस्था, निकाय वा कार्यालयकाे अार्थिक काराेबारकाे विषयसँग सम्बन्धित कागजातहरूकाे स्वतन्त्र एवम् निश्पक्ष रूपमा गरिने परिक्षण नै लेखापरीक्षण हाे । याे निश्चित अबधीमा सम्पादन भएका अार्थिक काराेबारकाे एकमुष्ट रूपमा गरिन्छ । याे शब्द ल्याटिन भाषाकाे Audire बाट अाएकाे हाे । जसमा Audire काे अर्थ to hear भन्ने हुन्छ । लेखापरीक्षणकाेलागि प्रचलित एेन, कानून, नीति, नियम, कार्यक्रम, प्रशासकीय निर्णय, अादेश तथा मापदण्डलाइ अाधार लिइन्छ । लेखापरीक्षण कार्य व्यवसायिक र प्राविधिक ज्ञान अावश्यक पर्ने विषय हाे ।
लेखापरीक्षण एेन २०७५ अनुसार कुनै पनि निकायकाे लेखासँग सम्बन्धित कामकाे परीक्षण र त्यसकाे अाधारमा गरिने मूल्याङ्कन तथा विश्लेषण सम्झनु पर्छ र साे शब्दले सम्परीक्षण गर्ने कार्यलाइ समेत जनाउँछ ।
नेपालमा सरकारी काराेबारकाे लेखापरीक्षण गर्न नेपालकाे संविधानकाे भाग २२ मा महालेखा परीक्षककाे व्यवस्था गरिएकाे छ ।
लेखापरीक्षणकाे उदेश्य
लेखापरीक्षणकाे स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता कायम राख्दै कानून प्रदत्त अधिकारलाइ अंगिकार गर्दै सार्वजानिक वित्तीय काराेबारलाइ स्वच्छ, जवाफदेही एवं पारदर्शी बनाउनु लेखापरीक्षणकाे प्रमूख उदेश्य हाे । यसका थप उदेश्यलाइ यसरी बुँदागत गरिएकाे छ ।
- अार्थिक काराेबारकाे चेक जाँच गरी अनियमितता, भूल, त्रुटि भए नभएकाे पत्ता लगाउनु,
- सार्वजानिक सम्पतिकाे दुरूपयाेग भए नभएकाे पत्ता लगाउनु,
- एेन, नियम, बिधि र प्रक्रिया अनुसार कार्य भए नभएकाे पत्ता लगाउनु,
- स्राेत साधनकाे विवेकपूर्ण, मितव्ययी, कानूनसम्मत र जनहितअनुरूप प्रयाेग भए नभएकाे जाँच गर्नु,
- सार्वजानिक जवाफदेहिता कायम गर्नु,
- कानूनकाे पालना प्रति सजगता ल्याउनु,
- सरकारलाइ नीति नियम निर्माणमा सहयाेग गर्नु ।
लेखापरीक्षणकाे महत्व
लेखापरीक्षणकाे महत्वलाइ देहाय अनुसार उल्लेख गर्न सकिन्छ ।
- सरकारी काेषकाे सुरक्षा र सदुपयाेग गर्न,
- काराेबारकाे हिसाब किताबलाइ पारदर्शी बनाउन,
- सार्वजानिक खर्चमा मितव्ययिता कायम गर्न,
- वित्तीय विवरणहरू प्रमाणित गर्न र पुष्ट्याइ गर्न,
- सरकारी खर्चकाे अाैचित्यता र प्रभावकारीताकाे मल्याङ्कन गर्न,
- अार्थिक काराेबारमा हुने अनियमितता र छलकपट राेक्न,
- प्रचलित कानूनकाे पालना गराउन र समसामयिक सुधारकाे अावश्यकता अाैल्याउन,
- अार्थिक काराेबारकाे यथार्थ चित्रण गर्न,
- सार्वजानिक निकायलाइ प्रभावकारी बनाइ जनविश्वास अभिवृद्धि गर्न,
लेखापरीक्षणका प्रकार
लेखापरीक्षण गर्ने लेखापरीक्षककाे अाधारमा लेखापरीक्षणलाइ अान्तरिक र बाह्य गरी २ प्रकारमा विभाजन गर्न सकिन्छ ।
अान्तरिक लेखापरीक्षण
अान्तरिक संयन्त्रद्वारा अाफ्नै संस्थाकाे काराेबारकाे लेखाजाेखा, हेरफेर गर्ने लेखापरीक्षण अान्तरिक लेखापरीक्षण हाे । काराेबारकाे क्रममा विभिन्न कारणले भएका त्रुटिहरू पत्ता लगाएर सुधार गर्नु यसकाे मूख्य ध्यय हाे । यसले अार्थिक काराेबारकाे परीक्षण, मूल्याङ्कन र प्रतिवेदन गरी दक्षता र प्रभावकारीता बढाउन व्यवस्थापन पक्षलाइ सहयाेग गर्दछ । अार्थिक कार्यविधि तथा उत्तरदायित्व एेन, २०७६ काे दफा २ (घ) अनुसार अान्तरिक लेखापरीक्षण भन्नाले काेष तथा लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा नियन्त्रक कार्यालयबाट सम्बन्धित कार्यालयकाे उदेश्य अनुरूपका कार्यसम्पादन सँग सम्बन्धित कानून, व्यवस्थापकीय अभ्यास, लेखा तथा अन्य काराेबार र साेसँग सम्बन्धित कागजात एवं प्रक्रियकाे जाँच, परीक्षण, विश्लेषणका साथै अान्तरिक नियन्त्रण प्रणालीकाे समग्र मूल्याङ्कन गरी प्रतिवेदन गर्ने कार्य सम्झनु पर्छ ।
नेपाल सरकारका कार्यालयहरूकाे अान्तरिक लेखापरीक्षण वि.सं. २०१८ सालदेखि सम्बन्धित विभागले र वि.सं. २०२९ महालेखापालन कार्यालय ( हालकाे महालेखा नियन्त्रक कार्यालय) ले गर्ने गरेकाेमा वि.सं. २०३८ सालदेखि सम्बन्धित जिल्ला स्थित काेष तथा लेखा नियन्त्रक कार्यालयबाट गरिन्छ भने प्रदेश सरकार अन्तर्गतका कार्यालयहरूमा प्रदेश लेखा नियन्त्रक कार्यालय र अन्तर्गतका स्थापित कार्यालयले लेखापरीक्षण गर्छन् । यसै गरी स्थानीय तहका कार्यालयमा अाफ्नै अान्तरिक लेखा परीक्षण शाखा रहेका छन् ।
अान्तरिक लेखा परीक्षणकाे महत्व
कुनै पनि संस्थाकाे कार्यदक्षता र प्रभावकारीता अभिवृद्धि गर्दै विश्वसनियता कायम गर्नकाेलागि त्यहाँकाे अान्तरिक लेखा परिक्षणकाे निकै ठुलाे महत्व रहेकाे हुन्छ । अान्तरिक लेखापरीक्षणकाे महत्वलाइ देहायबमाेजिम बुँदागत गर्न सकिन्छ ।
- संगठनमा अपनाइएकाे अान्तरिक कार्यसञ्चालन र नियन्त्रण प्रणालीकाे मूल्याङ्कन गर्न,
- कार्य सम्पादन गर्ने क्रममा भए गरेका त्रुटिहरू सच्याइ अन्तिम लेखा परीक्षणलाइ सहयाेग गर्न,
- कार्यकक्षमा नै गरिने भएकाेले माैजुदा कानूनहरूकाे परिपालनामा देखिने व्याहारिक समस्या पत्ता लगाउन,
- व्यवस्थापनलाइ अार्थिक काराेबारकाे यथार्थ अवस्थाकाे जानकारी समयमा नै उपलब्ध गराएर निर्णय प्रक्रियामा सहयाेग गर्न,
- रकमकलमकाे हिनामिना, मस्याैट, भ्रष्टाचार भएकाे भए तत्काल पत्ता लगाएर अन्तिम लेखापरीक्षण पश्चात संस्थाकाे बेरूजु देखिनबाट राेक्न,
- अागामी समयमा काराेबारमा गर्नुपर्ने सुधारकेा लागि मार्गदर्शन र परामर्श दिन ।
अान्तरिक लेखापरीक्षण प्रभावकारी नहुनुका कारण
संस्थाकाे काराेबारकाे परीक्षणकाे पहिलाे खुड्कीलाे नै अान्तरिक लेखापरीक्षण हाे । नेपालमा यसकाे प्रयाेग भएकाे वि.सं. २०१८ सालबाट भएकाे हाे । तर पनि नेपालमा अान्तरिक लेखापरीक्षण प्रभावकारी नहुनुकाे कारण देहायबमाेजिम बुँदागत गर्न सकिन्छ ।
- अान्तरिक लेखापरीक्षण कार्यकाे अनुगमन गर्ने निकाय नै छैन,
- अाैपचारिकतामा सिमित छ,
- लेखा समुहका कर्मचारीकाे दाेहाेराे भूमिका भयाे,
- अान्तरिक लेखा परीक्षकले पालना गर्नुपर्ने अाचारसंहिता नै छैन,
- चाैमासिक रूपमा गर्ने भनिए पनि बर्षमा एक पटक मात्र गर्ने गरिएकाे छ,
- अान्तरिक लेखा परीक्षकलाइ समय समयमा तालिम दिएर अध्यावधिक गरिएकाे छैन,
- कार्यालय प्रमूखकाे कार्यसम्पादन मूख्याङ्कनसँग जाेड्न सकिएकाे छैन ।
अान्तरिक लेखापरीक्षणमा देखिएका समस्या समाधानका उपाय
अान्तरिक लेखापरीक्षणमा देखिएका समस्या समाधान गर्न देहायका उपाय अपनाउन सकिन्छ ।
- अान्तरिक लेखापरीक्षणकाेलागि छुट्टै सेवा समुह बनाउनु पर्छ,
- अान्तरिक लेखापरीक्षकलाइ समय सापेक्ष तालिमकाे व्यवस्था गरिनु पर्छ,
- चाैमासिक रूपमा अान्तरिक लेखापरीक्षण गरी प्रतिवेदन पेश गर्ने नियमलाइ कडाइका साथ लागू गर्ने,
- अान्तरिक लेखापरीक्षकले पालना गर्नुपर्ने नियमकाे व्यवस्था गर्ने,
- अान्तरिक लेखापरीक्षक र कार्यालय प्रमूखकाे कार्यसम्पादन मूल्याङ्कन सँग अान्तरिक लेखापरीक्षणलाइ link गर्ने,
- तालुक निकायबाट अान्तरिक लेखापरीक्षणकाे नियमित अनुगमन गर्ने,
अन्तिम वा वाह्य लेखापरीक्षण
कुनै संस्था वा संगठनकाे कुनै एक अार्थिक वर्षमा वा निश्चित अवधीमा सम्पन्न भएका अार्थिक काराेबारकाे कुनै स्वतन्त्र निकायद्वारा गरिने परीक्षणलाइ नै अान्तरिक लेखापरीक्षण भनिन्छ । यस पश्चात सामान्यतया कुनै परीक्षण गरिदैन त्यसैले यसलाइ अन्तिम लेखापरीक्षण भनिएकाे हाे । नेपालकाे सरकारी कार्यालयहरूकाे अन्तिम लेखापरीक्षण गर्ने संबैधानिक निकाय महालेखा परीक्षक द्वारा गरिन्छ । महालेखा परीक्षकले नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता र अाैचित्यताकाे अाधारमा अन्तिम लेखापरीक्षण गर्दछ । अान्तरिक लेखापरीक्षण भएपश्चात अन्तिम लेखापरीक्षण गरिन्छ । अन्तिम लेखापरीक्षककाे काम कर्तव्य र अधिकार संविधानमा नै ताेकिएकाे छ । नेपालकाे संविधानकाे धारा २२ मा महालेखा परीक्षककाे व्यवस्था गरिएकाे छ । महालेखा परीक्षककाे कार्यालयबाट संघीय, प्रादेशिक र स्थानीय तहका कार्यालयहरू सबैकाे अन्तिम लेखापरीक्षण गरिन्छ ।
अन्तिम लेखापरीक्षणलाइ निम्न तिन प्रकारमा विभाजन गर्न सकिन्छ ।
- वित्तीय लेखापरीक्षण
- परिपालना लेखापरीक्षण
- कार्यमूलक लेखापरीक्षण
वित्तीय लेखापरीक्षण
यस प्रकारकाे लेखापरीक्षणमा लेखापरीक्षकले वित्तीय विवरणकाे प्रस्तुतिहरूकाे तथ्यपरकता र निष्पक्षता परीक्षण गर्छ । हरेक संस्थाहरूले अाफ्नाे बहि खातामा हरेक अार्थिक काराेबारहरूकाे प्रविष्टि गरेका हुन्छन् । त्यस्ता प्रविष्ट काराेबारहरूकाे अाधारमा एक अार्थिक वर्षकाे वित्तीय विवरणहरू तयार गरिन्छ । वित्तीय लेखापरीक्षणले खाता बहीले देखाएका काराेबारहरू तथा वार्षिक वित्तीय विवरणकाे अाधिकारिकता जाँच्ने काम गर्छ । खाता बहिले संस्थाकाे वास्तविक अवस्था झल्काएकाे छ कि छैन भनेर जाँच्ने काम पनि यसले गर्छ । वित्तीय लेखापरीक्षणलाइ प्रमाणिकरण लेखापरीक्षण पनि भनिन्छ । किन भने यस लेखापरीक्षणमा वित्तीय विवरणकाे प्रस्तुतिहरूकाे तथ्यपरकता र निष्पक्षता परीक्षण वा प्रमाणिकरण गर्छ ।
परिपालना लेखापरीक्षण
यस लेखापरीक्षणले कानुन तथा संस्थाकाे स्वीकृत कार्यविधिकाे परिपालनालाइ जाेड दिन्छ । लेखापालनकाे क्रममा प्रचलित नीति, नियम, तथा कानूनकाे पालना भएकाे छ कि छैन, स्वीकृत कार्यविधि अनुसार प्रक्रिया पुरा गरेकाे छ कि छैन भन्ने जस्ता कुराहरूमा जाेड दिन्छ ।
कार्यमूलक लेखापरीक्षण
यस किसिमकाे लेखापरीक्षणमा कार्यक्रमकाे व्यवस्थापन तथा प्राविधिक पक्षलाइ ध्यान दिइन्छ । यसमा नीति नियम र प्रकिया भन्दा पनि नतिजामा जाेड दिन्छ । यसले कार्यदक्षता, मितव्ययिता र प्रभावकारीतामा जाेड दिन्छ ।
सन् १९७० काे दशक पूर्व लेखापरीक्षणमा नियमितताकाे पक्षलाइ नै महत्व दिदै अाएकाेमा तत्पश्चात काराेबारकाे परीक्षणका अतिरिक्त त्यसकाे नतिजाकाे समेत परीक्षण गर्नुपर्छ भन्ने मान्यता स्थापित भएकाे हाे । नेपालमा कार्यमूलक लेखापरीक्षण वि.सं. २०२९ देखि सुरू भएकाे हाे । कार्यमूलक लेखापरीक्षणले विगतमा भएका घटनाहरूकाे परीक्षण मात्र गर्दैन । बरू अहिले प्रचलित व्यवस्थामा के कस्ताे सुधार गरेमा भविष्यकालागि अझ बढी दक्षताका साथ साधन स्राेत परिचालन गर्न सकिन्छ भन्ने सम्भावनाकाे खाेजी गर्ने उदेश्य राख्छ ।
अन्तिम लेखापरीक्षणमा देखिएका समस्याहरू
नेपालमा अन्तिम लेखापरीक्षणमा देखिएका समस्याहरूलाइ देहायबमाेजिम बुँदागत गर्न सकिन्छ ।
- विगतका प्रतिवेदनमा अाैल्याइएका विषयहरू निरन्तर अाइरहँदा पनि सुधार हुन सकेकाे छैन,
- संघीयतासँगै बढ्दाे सरकारी कार्यालयकाे संख्यासँगै लेखापरीक्षककाे व्यवस्था गर्न सकिएकाे छैन जसले गर्दा गुणस्तरियता दिन सकिएकाे छैन,
- कार्यमूलक लेखापरीक्षणमा नागरिक समाज र सराेकारवालाइ सबै प्रक्रियामा संलग्न गराउन सकिएकाे छैन,
- बेरूजु बढिरहेकाे छ । फर्छाैटकाे लागि गरिएका निर्देशन प्रतिवेदनमा सिमित छन्,
- सुचना प्रविधिकाे प्रयाेग गर्न सकिएकाे छैन,
- लेखापरीक्षककाेलागि समयानुकुल तालिमकाे व्यवस्था हुन सकेकाे छैन,
- लेखापरीक्षणकाेलागि कार्यालयहरू छैनन् जसले गर्दा लेखापरीक्षणमा समस्या भएकाे छ,
- लिमा तथा मेक्सिकाे घाेषणा अनुसार महालेखा परीक्षक स्वतन्त्र नहुनु
अन्तिम लेखापरीक्षणमा देखिएका समस्या समाधानका उपायहरू
नेपालकाे सन्दर्भमा अन्तिम लेखापरीक्षणमा देखिएका समस्या समाधानकाेलागि निम्न उपाय अपनाउन सकिन्छ ।
- लेखापरीक्षणकाे लागि अावश्यक पूर्वाधार र जनशक्तिकाे व्यवस्था गर्ने,
- कार्यमूलक लेखापरीक्षणकाे कार्यलाइ प्रभावकारी तुल्याउन र जनविश्वास कायम गर्न यसका सबै प्रक्रियामा नागरिक समाज र सर्वसाधारणकाे सहभागिता हुने वातावरण सृजना गर्ने,
- लेखापरीक्षककाे सेवा सुविधाकाे स्पष्ट व्यवस्था गरी लेखापरीक्षणमा हुने गरेकाे अनियमितता र भ्रष्टाचार कम गर्ने,
- लेखापरीक्षण भइरहेकाे स्थानकाे स्थलगत अनुगमनकाे व्यवस्था मिलाउने,
- लेखापरीक्षण कार्यमा विषयगत विज्ञहरूकाे संलग्नतालाइ जाेड दिने,
- लेखापरीक्षकलाइ समय अनुसारकाे तालिमकाे व्यवस्था गर्ने,
- लेखापरीक्षणकाे पारदर्शीताकाेलागि सञ्चार माध्यमकाे पनि संलग्नता गर्न सके जनताले पनि सजिलै अाफूले सराेकार राख्ने कार्यालयकाे लेखापरीक्षणकाे बारेमा जानकारी लिन सक्छन् ।
लेखापरीक्षणका सिद्धान्त
लेखापरीक्षण गर्ने क्रममा मूख्य रूपमा निम्न सिद्धान्तकाे पालना गरिएकाे पाइन्छ ।
- नियमितताकाे सिद्धान्त
- कार्यदक्षताकाे सिद्धान्त
- प्रभावकारीताकाे सिद्धान्त
- अाैचित्यकाकाे सिद्धान्त
- स्वतन्त्रताकाे सिद्धान्त
- निष्पक्षताकाे सिद्धान्त
- गाेपनियताकाे सिद्धान्त
- सक्षमताकाे सिद्धानत
- मितव्ययिताकाे सिद्धान्त
अन्तिम लेखापरीक्षणलाइ स्वतन्त्र बनाउन गरिएका प्रयास
नेपालमा अन्तिम लेखापरीक्षणलाइ स्वतन्त्र र निष्पक्ष बनाउन विभिन्न प्रयास भएका छन् ति मध्य केहि यस प्रकार छन् ।
- लेखापरीक्षण कार्य गर्न सर्वाेच्च निकायकाे रूपमा महालेखा परीक्षकाकाे व्यवस्था गरिएकाे छ ।
- नेपालकाे संविधानकाे भाग २२ मा महालेखा परीक्षककाे व्यवस्था गरिएकाे छ । संविधानमा नै यसकाे गठन तथा काम कर्तव्य र अधिकाकाे बारेमा स्पष्ट उल्लेख गरिएकाे छ । जसले गर्दा याे अधिकार सम्पन्न संवैधानिक निकायकाे रूपमा रहेकाे छ ।
- महालेखा नियन्त्रककाे पारिश्रमिक तथा सेवा सुविधालाइ संसदिय नियन्त्रण भन्दा माथि राखिएकाे छ ।
- महालेखा परीक्षककाे कार्यालयका जनशक्तिलाइ छुट्टै लेखापरीक्षण सेवा अन्तर्गत राखिएकाे छ ।
- महालेखा परीक्षककाे प्रतिवेदन साेझै राष्ट्रपति तथा प्रदेश प्रमूख समक्ष पेश गर्न मिल्ने व्यवस्था गरिएकाे छ ।
- लेखापरीक्षणकाे सम्बन्धमा नेपाल सरकारकाे जुजसुकै निकायलाइ निर्देशन दिन सक्छ ।
नेपालमा लेखापरीक्षणकाे विकासक्रम
नेपालमा लेखापरीक्षणकाे विकासक्रमलाइ यसरी उल्लेख गर्न सकिन्छ ।
- पृथ्वी नारायण शाहले बहि बुझाउने अड्डाकाे रूपमा कुमारी चाेककाे स्थापना गरेका थिए ।
- वि.सं. २०३० देखि लेखा राख्ने र बहि बुझाउने अड्डा नामले यसलाइ छुट्टै बनाइयाे ।
- वि.सं. २००४ मा प्रधान जाँचकी अड्डाकाे नामले स्थापना गरियाे ।
- वि.सं. २०१६ मा महालेखापरीक्षककाे व्यवस्था गरियाे ।
- वि.सं २०१८ मा महालेखापरीक्षकले काम सुरू गर्याे ।
- वि.सं. २०२० मा पहिलाे महालेखा परीक्षककाे प्रतिवेदन अायाे ।
- वि.सं. २०२० मा महालेखा परीक्षक अञ्चल र जिल्ला कार्यालय स्थापना गरियाे तर वि.सं. २०३३ सालमा खारेज भयाे ।
- वि.सं. २०२९ देखि कार्यमूलक लेखापरीक्षणकाे सुरूवात गरियाे ।
- वि.सं. २०४८ सालमा लेखापरीक्षण एेन अायाे ।
- वि.सं. २०६७ देखि सुचना प्रविधि लेखापरीक्षण र वि.सं. २०६८ देखि वातावरणीय लेखापरीक्षण गर्दै अाएकाे हाे ।
- लेखापरीक्षण एेन २०७५ ले लेखापरीक्षणकाे दायरा अझ फराकिलाे बनाएकाे छ ।
No comments:
Post a Comment