Tuesday, 31 March 2020

बेरूजु र बेरूजु फर्छाैट सम्बन्धी व्यवस्था

बेरूजुकाे परिचय

बेरूजु भन्नाले प्रचलित कानून बमाेजिम पुर्याउनु पर्ने रीत नपुर्याइ काराेबार गरेकाे वा राख्नुपर्ने लेखा नराखेकाे तथा अनियमित तरिकाले अार्थिक काराेबार गरेकाे भनी लेखापरीक्षण गर्दा अाैल्याइएकाे वा ठहर्याइएकाे काराेबार सम्झनु पर्छ । संगठनले सम्पादन गरेका खासगरी अार्थिक काराेबारहरूमध्य कतिपय काराेबारहरू प्रचलित एेन वा निर्धारित नीति नियम वा कार्यविधि वा प्रक्रिया बमाेजिम नभएकाे अवस्थामा लेखापरीक्षण प्रतिवेदनमा कैफियतहरू अाैल्याइएकाे हुन्छ । तिनै कैफियतहरूलाइ बेरूजु भन्ने गरिएकाे छ ।
अार्थिक कार्यविधि एेन २०५५ अनुसार बेरूजु भन्नाले प्रचलित कानून बमाेजिम पुर्याउनु पर्ने रीत नपुर्याइ काराेबार गरेकाे वा राख्नुपर्ने लेखा नराखेकाे तथा अनियमित वा बेमनासिब तरिकाले अार्थिक काराेबार गरेकाे भनी लेखापरीक्षण गर्दा अाैल्याइएकाे वा ठहर्याइएकाे काराेबार सम्झनु पर्छ । अार्थिक कार्यविधि तथा उत्तरदायित्व एेन २०७६ काे दफा २ (त) मा पनि यहि कुरा उल्लेख गरिएकाे छ ।

बेरूजुकाे प्रकार

बेरूजु मुख्यरूपमा लगती र सैद्वान्तिक गरी २ प्रकारमा विभाजन गरी लेखापरीक्षकले प्रतिवेदनमा उल्लेख गरेकाे पाइन्छ ।साधारणतया नीति, नियम, कार्यप्रणाली, व्यवस्थापन सक्षमता अादि विषयमा देखिएका कमी कमजाेरीहरू पहिल्याइ सुधार गर्ने उदेश्यले लेखिएका व्यहाेरालाइ सैद्वान्तिक बेरूजुकाे रूपमा उल्लेख गरिन्छ । हानी नाेक्सानीकाे स्थिति, व्यक्तिकाे मनसाय, गैरजिम्मेवारीपन र कामकाे प्रकृति हेरी लगती बेरूजुलाइ निम्नानुसार वर्गिकरण गरिएकाे छ ।
  1. असुर गर्नुपर्ने बेरूजु ः व्यक्तिकाे नियत वा लापरवाहिले हाेस वा अन्य कारणले हाेस रकमकलमकाे हानिनाेक्सानी, हिनामिना, मस्याैट भएकाे बेरूजुलाइ यस अन्तर्गत राखिन्छ । कानून बमाेजिम भुक्तानी हुनुपर्ने भन्दा बढी रकम भक्तानी भएकाे वा नहुनुपर्ने शिर्षकमा भक्तानी भएकाे, असुल उपर गर्नुपर्ने रकम असुल नगरेकाे वा गर्नुपर्ने भन्दा कम असुल गरेकाे अवस्थामा यस किसिमकाे बेरूजु देखिन्छ । बजेटमा उल्लेख नै नभएकाे शिर्षकमा भएकाे खर्च, कर कट्टी गरेकाे तर बैंक दाखिला नगरकाे, नगदी रसिद काटेकाे तर त्यति नै बराबरकाे रकम बैंक दाखिला नभएकाे, पाउनुपर्ने भन्दा बढी तलब भत्ता भुक्तानी भएकाे अादि यसका ज्वलन्त उदहारण हुन् ।
  2. नियमित गर्नुपर्ने बेरूजु ः कार्यालयकाे उदेश्य अनुरूपकाे काममा नै खर्च भएकाे तर विधि र प्रक्रिया नपुगेर अनियमित देखिएकाे वा संलग्न गर्नुपर्ने कागजात नभएकाे बेरूजु यस अन्तर्गत राखिन्छ । संगठनलाइ हानी नाेक्सानी नभएकाे भएता पनि कानूनकाे परिपालना, लेखाका सर्वमान्य सिद्वान्त, मापदणडकाे प्रयाेग नभएकाे कारण त्यस्ताे काराेबारमा बेरूजु देखाइन्छ । जसलाइ नियमित गर्नुपर्ने बेरूजुकाे रूपमा लिइन्छ । खरिद गरेकाे सामान कार्यालयमा माैजुदा स्थितिमा रहेकाे तर पनि त्यसकाे बिल बिजक रित पूर्वक नभएकाे, कार्यालयमा कार्यरत कर्मचारीले तलब बुझेकाे देखिएकाे तर तलब बुझेकाे भरपाइ समाबेश नभएकाे अादि यसका केहि उदाहरण हुन् ।
  3. पेश्की बेरूजु ः पेश्की रकम लगेर उक्त अार्थिक वर्ष भरी वा ताेकिएकाे समय भित्र फर्छाैट नगर्दा कागजात नभएर देखिएकाे बेरूजु यसमा राखिन्छ ।

बेरूजु फर्छाैट गर्ने तरिका

बेरूजु कुन प्रकारकाे हाे ? त्यसकाे फर्छाैट त्यसमा पनि भर पर्ने गर्छ । बेरूजु फर्छाैट गर्ने विभिन्न तरिकालाइ यसरी उल्लेख गर्न सकिन्छ ।
  • असुल गर्नुपर्ने बेरूजुकाे सन्दर्भमा बढी भुक्तानी भएकाे, दाेहाेराे निकासा भएकाे, नहुनुपर्ने शिर्षकमा भक्तानी भएकाे, असुल गर्नुपर्ने ठाउँमा असुल नभएकाे वा कम असुल भएकाे जस्ता रकम सम्बन्धित व्यक्ति वा संस्थासँग असुल उपर वा हिसाब मिलान गर्ने, 
  • अान्तरिक व्यवस्थापनकाे कार्य भरपर्दाे बनाएर, विधि, प्रक्रिया अनुसारका कागजात स्रेस्तामा संलग्न गराएर नियमित गर्नुपर्ने बेरूजु फर्छाैट गरिन्छ ।
  • पेश्की बेरूजु देखिएकाे शिर्षकमा अावश्यक कागजात उपलब्ध गराएर सजिलै फर्छाैट गर्न सकिन्छ ।

नेपालमा बेरूजुकाे अवस्था

लेखा परीक्षण प्रतिवेदन २०७५ अनुसार बेरूजुकाे अवस्था ः
  • संघीय सरकारी निकाय (४८४१)  तर्फकाे  बेरूजु रू. १ खर्ब ६ अर्ब ३४ कराेड रहेकाे छ जुन कुल लेखापरीक्षण मानकाे ५.२९ प्रतिशत हाे  ।
  • सातै वटा प्रदेश अन्तर्गतका निकाय (६८) तर्फकाे बेरूजु रू. १९ कराेड ५१ लाख जुन कुल लेखापरीक्षण मानकाे ७.२५ प्रतिशत हाे ।
  • ७४७ वटा स्थानीय तहकाे बेरूजु रू. २४ अर्ब १४ कराेड रहेकाे छ जुन कुल लेखापरीक्षण मानकाे ४.२२ प्रतिशत हाे  ।
महालेखा परीक्षककाे कार्यालयबाट जारी भएकाे ५६ अाैं प्रतिवेदन अनुसार बेरूजुकाे वर्गिकरण यसरी गरिएकाे छ ।
  • असुल गर्नुपर्ने बेरूजु रू. ३२ अर्ब ३ कराेड ५२ लाख ( कुल बेरूजुकाे ३०.१३ प्रतिशत)
  • नियमित गर्नुपर्ने बेरूजु रू. २९ अर्ब २५ कराेड ४२ लाख (कुल बेरूजुकाे २७.५१ प्रतिशत)
  • पेश्की बेरूजु रू. ४५ खर्ब ४ कराेड ८६ लाख ( कुल बेरूजुकाे ४२.३६ प्रतिशत) 

लेखा उत्तरदायी अधिकृत र बेरूजु सम्बन्धमा निजकाे भूमिका

अाफ्नाे र मातहत कार्यालयकाे अार्थिक प्रशासन सञ्चालन गर्ने, अार्थिक बजेट तयार गर्ने, बजेट निकासा गरी खर्च गर्ने अधिकार सुम्पने, बजेटकाे लेखा राख्ने, राख्न लगाउने लगायत राजश्व संकलत गर्ने र अान्तरिक तथा अन्तिम लेखापरीक्षण गर्ने कर्तव्य भएकाे व्यक्ति नै लेखा उत्तरदायी अधिकृत हाे । यसकाे भुमिकालाइ यसरी बुँदागत गरिएकाे छ ।
  • अार्थकि कार्यविधि एेन २०५५ तथा नियमावली २०६४ अनुसारकाे लेखा राखे नराखेकाे, खरिद कानून तथा कार्यविधि पालना गरे नगरेकाे सम्बन्धमा नियमित रूपमा निरीक्षण र अनुगमन गर्ने ।
  • नियमित गर्नुपर्ने बेरूजुहरू सम्बन्धित कार्यालयकाे सिफारिस, प्रमाणका अाधारमा नियमित गरिदिने ।
  • पटक पटक ताकेता गर्दा पनि असुल उपर हुन नसकेका बेरूजुहरूकाे केन्द्रिय तहसिल कार्यालयमा लगत पठाउने ।
  • महालेखा परीक्षककाे बार्षिक प्रतिवेदनकाे प्रतिक्रिया दिने ।
  • बेरूजु फर्छाैट कार्यकाे अनुगमन गर्ने ।

बेरूजु फर्छाैटमा देखिने समस्याहरू 

नेपालमा बेरूजु फर्छाैटमा देखिएका समस्याहरूलाइ यसरी बुँदागत गर्न सकिन्छ ।
  • बेरूजु देखिए पछि फर्छाैट गर्ने प्रक्रियाबारेमा जिम्मेवार व्यक्ति र बेरूजु कायम भएकाे व्यक्ति दुबैलाइ स्पष्ट ज्ञान नै छैन  ।
  • बेरूजु फर्छाैट कहिले सम्म गरिसक्ने भन्ने निर्धारित समय सिमा नै छैन ।
  • बेरूजु फर्छाैट गराउने तहमा पुगेका व्यक्तिमा यस विषयले महत्व पाएकाे छैन ।
  • बेरूजु र कार्यालय प्रमूख वा अन्य कुनै कर्मचारीकाे कार्यसम्पादन मूल्याङ्कनसँग सम्बन्ध स्थापित गरिएकाे छैन ।
  • नियमित गर्ने र असुल उपर गर्ने बेरूजुबीचमा कुनै स्पष्ट लक्ष्मण रेखा नभएकाेले लेखापरीक्षककाे स्वविवेक हावी भएकाे ।
  • बेरूजु फर्छाैटले प्राथमिकता नपाउनु ।

बेरूजु फर्छाैटमा देखिएका समस्या समाधानका उपायहरू

हरेक वर्ष बढिरहेकाे बेरूजु घटाउन निम्न उपायहरू अपनाउन सकिन्छ ।
  • कर्मचारीकाे वृत्ति विकाससँग बेरूजुलाइ जाेडिनुपर्छ । जसले गर्दा कर्मचारीहरू बढी जिम्मेवारी बाेधका साथ बेरूजु फर्छाैटमा लाग्छन ।
  • बेरूजुकाे स्पष्ट लगत संकलन गरी सार्बजानिक गरिनुपरर्छ जसले गर्दा जनताले कसकाे नाममा कति बेरूजु छ भन्ने कुरा थाहा पाउँछन फलस्वरूप बेरूजु भएकाे व्यक्तिले सामाजिक बहिस्कारकाे डरले बेरूजु फर्छाैटमा तत्परता देखाउँछन् ।
  • कानूनी रूपमै बेरूजु फर्छाैटलाइ कडाइका साथ प्राथमिकतामा राख्ने । 
  • बेरूजु कायम रहेकाे व्यक्तिलाइ सार्वजानिक महत्वका जिम्मेवार पद धारण गर्नमा कडाइका साथ राेक लगाउन पर्छ ।
  • शून्य बेरूजु गराउनेलाइ पुरस्कारकाे व्यवस्था गरिनुपर्छ ।
  • म.ले.प.काे प्रतिवेदनमा नै बेरूजु कसरी फर्छाैट गर्ने भन्ने कुरा स्पष्ट पार्न सके सहज हुन्छ ।

बेरूजु समपरीक्षण

लेखापरीक्षण प्रतिवेदनमा अाैल्याइएका बेरूजुकाे सम्बन्धमा सम्बन्धित कार्यालयले प्रतिक्रिया स्वरूप पठाएका स्पष्टिकरण खुल्ने प्रमाण वा कागजातकाे अध्ययन अनुगमन गर्ने कार्य नै समपरीक्षण हाे । समपरीक्षणबाट बेरूजु नरहने प्रमाण पुरा भएकाे खण्डमा लेखापरीक्षण गर्ने निकायले बेरूजु लगतबाट उक्त बेरूजु हटाउनु पर्छ ।

नेपालमा बेरूजु फर्छाैटकाे सम्बन्धमा रहेकाे कानूनी व्यवस्था

अार्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एेन २०७६ अनुसार बेरूजु फर्छाैटकाे सम्बन्धमा यस्ताे व्यवस्था हरेकाे छ ।
  • लेखापरीक्षण प्रतिवेदनमा अाैल्याइएकाे बेरूजु असुल गरी फर्छाैट तथा नियमित गर्ने उत्तरदायित्व  लेखा उत्तरदायी अधिकृतकाे हुने छ ।
  • यस प्रयाेजनकाेलागि असुल गर्नुपर्ने तथा तिर्नु बुझाउनु पर्ने भनी अाैल्याएकाे बेरूजुकाे हकमा लेखा उत्तरदायी अधिकृतले काराेबारमा संलग्न पदाधिकारीसँग अावश्यक विवरण वा स्पष्टिकरण लिइ त्यस्ताे बेरूजु असुल गराइ समयमै फर्छाैट गर्नु गराउनु पर्ने छ ।
  • असुल गर्नुपर्ने वा तिर्नु बुझाउनु पर्ने भनी अाैल्याएकाे बेरूजु बाहेक अन्य बेरूजुकाे हकमा प्रचलित कानून बमाेजिम पुर्याउनु पर्ने रीत नपुगेकाे तर सरकारी नगदी, जिन्सीकाे हानी नाेक्सानी नभएकाे पुष्ट्याइ गर्ने कारण सहितकाे प्रमाण प्राप्त भएमा ताेकिए बमाेजिमकाे कार्यविधि अपनाइ सम्बन्धित लेखा उत्तरदायी अधिकृतले त्यस्ताे बेरूजु नियमितग गरी फर्छाैट गर्नु पर्नेछ ।
  • माथि उल्लेख भए बमाेजिम फर्छाैट भएकाे बेरूजुकाे लगत कट्टा गर्न सात दिन भित्र महालेखापरीक्षककाे कार्यालयमा पठाउनु पर्नेछ र महालेखापरीक्षककाे कार्यालयले साेकाे लगत कट्टा गरी सात दिन भित्र सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाइ जानकारी दिनुपर्ने छ । 
  • बेरूजु फर्छाैट तथा फरफारक सम्बन्धि अन्य कार्यविधि ताेकिए बमाेजिम हुनेछ ।

बेरूजु फर्छाैट समिति

सामान्य प्रक्रियाबाट फर्छाैट हुन नसकेका बेरूजुहरू फर्छाैट गर्न समय समयमा सार्वजानिक लेखा समिति र महालेखापरीक्षककाे राय लिइ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहायका व्यक्तिहरू सदस्य रहने गरी एक बेरूजु फर्छाैट समिति गठन गर्न सक्ने छ ।
  1. सार्वजानिक लेखा समितिले ताेकेकाे समितिकाे सदस्य एक जना अध्यक्ष
  2. महालेखापरीक्षकले ताेकेकाे उप महालेखापरीक्षक वा नायव महालेखापरीक्षक एक जना सदस्य
  3. अर्थ मन्त्रालयकाे सचिव वा निजले ताेकेकाे कम्तिमा राजपत्रांकित प्रथम श्रेणीकाे अधिकृत एक जना सदस्य
  4. महालेखा नियन्त्रक वा निजले ताेकेकाे लेखा तर्फकाे कम्तिमा राजपत्रांकित प्रथम श्रेणीकाे अधिकृत एक जना सदस्य
  5. कुमारी चाेक तथा केन्द्रिय तहशील कार्यालयकाे प्रमूख एक जना सदस्य सचिव 

बेरूजु फर्छाैट मूल्याङ्कन र अनुगमन समिति

कार्यालयले गरेकाे बेरूजु फर्छाैटकाे अनुगमन गरी बेरूजु फर्छाैट सम्बन्धी काम कारबाहीमा  प्रभावकारीता ल्याउन नेपाल सरकारले बेरूजु फर्छाैट मूल्याङ्कन र अनुगमन समिति गठन गर्न सक्ने छ ।
उक्त समितिमा देहायबमाेजिमका पदाधिकारी रहनेछन् ।
  1. मूख्य सचिव एकजना सदस्य
  2. अर्थ मन्त्रालयका सचिव एकजना सदस्य
  3. सामान्य प्रशासन मन्त्रालयका सचिव एक जना सदस्य
  4. महालेखा नियन्त्रक एक जना सदस्य
  5. नेपाल सरकारले मनाेनयन गरेकाे व्यक्ति एक जना सदस्य सचिव

No comments:

Post a Comment