शिक्षा विकास निर्माणकाे अग्रणी अावश्यकता हाे । यसले विविध किसिमका ज्ञान दिन्छ र अज्ञानता हटाउँछ । शिक्षाले मानिसलाइ सहि मार्गकाे पहिचान गर्न र साेहि मार्गमा प्रेरित गर्न सिकाउँछ । अाज शिक्षालाइ विश्वव्यापी रूपमा नै विकासकाे पूर्वशर्त एवम् पूर्वाधारकाे रूपमा लिइदै अाइएकाे छ । सचेतना अभिवृद्धिकाे सशक्त माध्यम नै शिक्षा हाे । विकासका अन्य पूर्वाधारहरूलाइ समेत शिक्षाले परिचालन र व्यवस्थापन गर्ने भएकाेले पनि याे विकासका पूर्वाधार मध्य अघिल्लाे लहरमा रहेकाे हुुन्छ ।
नेपालमा शिक्षाकाे वर्तमान अवस्था
शिक्षालाइ विशेष महत्वकाे विषय बनाउँदै संविधानमा नै उल्लेख गरेर यसलाइ नागरिककाे माैलिक हककाे रूपमा स्थान दिइएकाे छ । साथै सरकारका नीति, याेजना, बजेट, कार्यक्रमहरूमा उच्च प्राथमिकताका साथ हेरिएकाे छ ।
२०६८ सालकाे जनगणना अनुसार
५ वर्ष वा साे भन्दा माथिकाे उमेरका कुल जनसंख्याकाे ६५.९ प्रतिशत मानिस साक्षार रहेका छन् जस मध्य पुरूष साक्षारता ७५.१ प्रतिशत र महिला साक्षारता ५७.४ प्रतिशत रहेकाे छ ।
अार्थिक सर्वेक्षण 2075/76 अनुसार
- शैक्षिक सत्र २०७५ मा कक्षा एकमा भर्नादर (भर्ना उमेर ५ वर्ष पुगेका मध्य) ९६.३ प्रतिशत पुगेकाे छ ।
- प्राथमिक तह (कक्षा १ देखि ५) काे खुद भर्ना दर ९६.५ प्रतिशत पुुगेकाे छ ।
- अाधारभूत तह (कक्षा १ देखि ८) सम्मकाे खुद भर्नादर ९२.७ प्रतिशत पुगेकाे छ ।
- माध्यमिक तह (९ देखि १२) सम्मकाे खुद भर्नादर ४६.४ प्रतिशत रहेकाे छ ।
- कक्षा १० सम्मकाे टिकाउ दर ५८.५ प्रतिशत रहेकाे छ भने कक्षा १२ सम्मकाे टिकाउ दर २२.२ प्रतिशत रहेकाे छ ।
१५ अाैँ याेजना अनुसार
- १५ वर्ष भन्दा माथिकाे साक्षारतादर ५८ प्रतिशत रहेकाेमा ९० प्रतिशत पुर्याउने लक्ष्य रहेकाे छ ।
- युवा साक्षारता दर (१५ देखि २४ वर्ष) ८५ प्रतिशत रहेकाेमा ९९ प्रतिशत पुर्याउने लक्ष्य रहेकाे छ ।
- अाधारभूत तह (१ देखि ८) खुद भर्नादर ९२.३ प्रतिशत रहेकाेमा ९९.५ प्रतिशत पुर्याउने लक्ष्य रहेकाे छ ।
- माध्यमिक तह (९ देखि १२) खुद भर्नादर ४३.९ प्रतिशत रहेकाेमा ६५ प्रतिशत पुर्याउने लक्ष्य रहेकाे छ ।
- उच्च शिक्षामा कुल भर्नादर९.५ प्रतिशत रहेकाेमा २२ प्रतिशत पुर्याउने लक्ष्य रहेकाे छ ।
- प्राविधिक तथा व्यावसायिक शिक्षामा तालिम प्राप्त जनसंख्या २५ प्रतिशत रहेकाेमा ६० प्रतिशत पुर्याउने लक्ष्य रहेकाे छ ।
नेपालमा शिक्षा क्षेत्रका अवसरहरू
विकासका पूर्वाधार निर्माणकाे क्षेत्रमा उदाउँदै गरेकाे नेपालमा
शिक्षा क्षेत्रमा विभिन्न अवसरहरू रहेका छन् जसलाइ देहायबमाेजिम उल्लेख गरिएकाे छ
।
- संविधानमा
नै माध्यमिक तह सम्मकाे शिक्षालाइ स्थानीय तहकाे अधिकारकाे दायरा भित्र
राखिएकाे छ ।
- साक्षारता
दरमा बृद्धि भएकाे छ ।
- प्राविधिक
शिक्षालाइ हरेक स्थानीय तहसम्म सर्वसुलभ बनाउने नीति लिइएकाे छ ।
- शिक्षालाइ
माैलिक हककाे रूपमा उल्लेख गरिएकाे छ ।
- विद्यालयतहकाे
खुद भर्नादर र लैंगिक समता सूचांकमा प्रगति देखिएकाे छ ।
- समुदायमा
शिक्षा प्रति अाकर्षण बढेकाे ।
- शिक्षामा
सूचना प्रविधिकाे प्रयाेगले तिव्र रूप लिएकाे छ ।
नेपालमा शिक्षा क्षेत्रका समस्याहरू
नेपालमा शिक्षा क्षेत्रमा भएका भएका समस्याहरूलाइ देहायबमाेजिम
बुँदागत गर्न सकिन्छ ।
- एक
त अन्तराष्ट्रिय स्तरकाे गुणस्तरीय शिक्षा दिन सकिएकाे छैन त्यसमा पनि उपलब्ध
गुणस्तरीय शिक्षामा सबैकाे पहुँच पुर्याउन सकिएकाे छैन ।
- अान्तरिक
तथा बाह्य माग बमाेजिमकाे जनशक्ति उत्पादन गर्न सकिएकाे छैन ।
- उत्पादित
जनशक्तिले पर्याप्त राेजगारीकाे अवसर पाएकाे छैन ।
- सार्वजानिक
र नीजि विद्यालयहरूकाे व्यवस्थापनमा चासाे कसैले दिन सकेकाे छैन । जसले गर्दा
सार्वजानिक विद्यालयकाे शिक्षाकाे गुणस्तर खस्किदाे छ भने निजी क्षेत्रका
विद्यालयहरूकाे प्रभावकारी नियमन नहुँदा स्वेच्छाचारीता बढेकाे छ ।
- प्राविधिक
शिक्षालाइ मुलधारकाे शिक्षाकाे रूपमा विकसा गर्न सकिएकाे छैन ।
- सरकारी
तथा संस्थागत विद्यालयहरूबीचकाे पाठ्यक्रममा नै असमानता छ ।
- कक्षा
एकमा भर्ना भएका विद्यार्थीलाइ माध्यमिक तहसम्म पनि टिकाउन सकिएकाे छैन ।
समस्या समाधानका उपायहरू
नेपालमा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानकाे लागि निम्न उपाय
अपनाउन सकिन्छ ।
- शिक्षामा
सबैकाे पहुँच बढाउन समन्यायिक तथा समावेशी नीति अवलम्बन गरी गुणस्तरीय
शिक्षामा सबैकाे पहुँच अभिबृद्धि गर्नु पर्छ ।
- विद्यार्थी, शिक्षक र
विद्यालयकाे अनुपातलाइ सन्तुलित पार्नुपर्छ ।
- प्राविधिक
शिक्षा सबैकाे पहुँच याेग्य बनाउने ।
- सरकारी
तथा संस्थागत विद्यालयकाे पाठ्यक्रममा भएकाे असमानता हटाएर एउटै गराउने ।
- अन्तराष्ट्रिय
मापदण्ड अनुसार शिक्षाकाे गुणस्तर अभिवृद्धि गर्ने ।
- शिक्षा
क्षेत्रमा काम गर्ने शिक्षकहरूलाइ विशेष सुविधाकाे व्यवस्था गर्ने ।
- दुर्गम
क्षेत्रका विद्यालयमा शैक्षिक सामाग्री तथा दक्ष शिक्षककाे व्यवस्था गर्ने ।
- नीति
निर्माण गर्ने बेला स्थलगत अबलाेकन गरी समय,
स्थान र भुगाेल सापेक्ष शिक्षा
नीति बनाउने ।
१५ अाैं याेजनामा शिक्षा
साेच
सामाजिक अार्थिक रूपान्तरणका लागि मानव संसाधन
लक्ष्य
गुणस्तरीय शिक्षा मार्फत सिर्जनशिल, दक्ष, प्रतिस्पर्धी, उत्पादनशील
र नवप्रवर्तनशील मानव स्राेतकाे विकास गर्ने ।
उद्देश्य
- सबै
बालबालिकालाइ प्रारम्भिक बालशिक्षाकाे अनुभव सहित अाधारभूत शिक्षा अनिवार्य र
निःशुल्क र माध्यमिक शिक्षामा निःशुल्क पहुँच सुनिश्चित गरी शिक्षालाइ
गुणस्तरीय, जीवनाेपयाेगी
र प्रविधिमैत्री बनाउनु ।
- प्राविधिक
शिक्षा तथा व्यावसायिक सीप विकासमा समावेशी र समतामुलक पहुँच विस्तार र गुणस्तर
सुनिश्चित गर्नु ।
- पहुँच
र गुणस्तर अभिवृद्धि गरी उच्च शिक्षालाइ वैज्ञानिक, नाप्रवर्द्धनात्मक, अनुसन्धानमुलक, प्रविधिमैत्री, राेजगार मूलक
बनाउदै ज्ञानमा अाधारित समाज र अर्थतन्त्र निर्माण गर्नु ।
- सबै
नागरिकका लागि जीवन पर्यन्त शिक्षाकाे पहुँच अवसर सुनिश्चित गर्नु ।
- संघीय
संरचना अनुरूप सबै तहका शैक्षिक-प्रशासनिक निकाय र संस्थामा सुशासन कायम
गर्नु ।
रणनीति
- प्रारम्भिक
बाल विकास तथा शिक्षा कार्यक्रमलाइ विद्यालय शिक्षाकाे अभिन्न अङ्गकाे रूपमा
विकास गरी यसलाइ सबै बालबालिकाका लागि अनिवार्य गर्ने ।
- अनिवार्य
तथा निशुल्क शिक्षाकाे मापदण्दकाे अाधारमा विद्यालय शिक्षामा समतामुलक पहुँच
सुनिश्चित गर्न सरकारका सबै तहलाइ क्षमतावान र जवाफदेहि बनाउने ।
- विद्यालय
शिक्षामा गुणस्तर मापदण्ड र प्रत्यायन प्रणाली विकास गरी विद्यालयमा समान
गुणस्तर कायम गर्ने ।
- मानव
संसाधन पूर्वाधार तथा प्रविधिकाे विकास र जीवनाेपयाेगी ज्ञान र शिपमा अाधारित
पाठ्यक्रम मार्फत सबै तहकाे शिक्षामा गुणस्तर सुनिश्चित गर्ने ।

No comments:
Post a Comment