सूचना तथा सञ्चारलाइ देश विकासकाे निकै महत्वपूर्ण पूर्वाधारकाे रूपमा लिने गरिन्छ । भनिन्छ, सूचना नै शक्तिकाे स्राेत हाे, सूचना प्राप्ति तथा प्रवाहकाे माध्यम सञ्चार हाे । समाजले जहिले पनि नयाँ सूचना तथा सञ्चार प्रविधिकाे माग गरिरहेकाे हुन्छ । नेपाल पनि विकासकाे गतिमा दाैडिरहेकाे देश हाे । त्यसैले इन्टरनेट, टेलिफाेन, माेवाइल, हुलाक जस्ता सञ्चारका माध्यमहरू र रेडियाे, टेलिभिजन, पत्रपत्रिका जस्ता सूचनाका माध्यमहरू पनि तिव्र गतिमा विकास हुनु अति अावश्यक मानिन्छ । सञ्चारले नागरिक सचेतना अभिवृद्धि गर्दछ । सूचना प्रवाह नै सञ्चारकाे सार हाे ।
नेपालमा सञ्चारकाे विद्यमान अवस्था
पन्ध्राैँ याेजना अनुसार नेपालमा सञ्चारकाे विद्यमान अवस्था देहायबमाेजिमकाे पाइन्छ ।
- इन्टरनेटमा पहुँच भएकाे जनसंख्या ५५.४ प्रतिशत रहेकाे छ भने याेजनाकाे अन्त्य सम्ममा ८० प्रतिशत पुर्याउने लक्ष्य रहेकाे छ ।
- कुल जनसंख्याकाे ७२ प्रतिशन जनतामा टेलिभिजनकाे पहुँच पुगेकाे ।
- ८३ प्रतिशत जनसंख्यामा रेडियाेकाे पहुँच पुगेकाे ।
- कुल जनसंख्याकाे ५५.५ प्रतिशतमा ब्राेडब्याण्ड सेवाकाे पहुँच पुगेकाे ।
- डिजिटल साक्षारता ३१ प्रतिशत पुगेकाे ।
किन सञ्चारलाइ विकासकाे पूर्वाधार मानिन्छ ?
देहायका कारणले गर्दा सञ्चारलाइ विकासकाे पूर्वाधारकाे रूपमा लिइन्छ ।
- अहिलेकाे विश्वमा सञ्चार बिनाकाे विकास असम्भव प्रायः भएकाेले,
- शासनमा पारदर्शीता कायम गरी जनमूखी बनाउन सञ्चारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाेले,
- उदारिकरण र विश्वव्यापिकरणकाे याे जमानामा सञ्चारले cross border प्रविधि हस्तान्तरणमा निकै ठुलाे टेवा पुर्याउने भएकाेले,
- पुरानाे ढर्राकाे विकास पद्धतिलाइ विस्थापन गरी अाधुनिक प्रविधिमैत्री विकास मार्फत जनइच्छाकाे परिपूर्ति गरी सर्वाेत्कृष्ट शासन सञ्चालन गर्न सहयाेग गर्ने भएकाेले,
- राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा विकसित मान्यताहरूलाइ अात्मसात गर्न सञ्चारले निकै महत्वपूर्ण भूमिका खेल्ने भएकाेले ।
नेपालमा सञ्चार क्षेत्रका समस्या
नेपालमा सञ्चारकाे क्षेत्रमा देहायका समस्याहरू रहेका छन् भन्न सकिन्छ ।
- अाम सञ्चार माध्यम पुर्णरूपमा मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन सकिएकाे छैन,
- सूचना प्रविधिकाे विकास र साइबर सुरक्षाकाे लागि पर्याप्त संरचनागत व्यवस्थाकाे कमि छ,
- सार्वजानिक सेवा प्रवाहमा सूचना प्रविधिकाे प्रयाेग न्यून छ,
- हुलाक सेवालाइ विविधिकरण गर्न सकिएकाे छैन,
- चलचित्र क्षेत्रलाइ उद्याेगकाे रूपमा विकास गर्न सकिएकाे छैन,
- विज्ञापन व्यवसाय व्यवस्थित गर्न सकिएकाे छैन,
- सञ्चारका पूर्वाधारकाे यथाेचित विकास गर्न सकिएकाे छैन,
- नविनतम् प्रविधिका माध्यमहरूकाे प्रयाेग न्यून रहेकाे छ,
- सञ्चारकाे विकासलाइ प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने गरिएकाे छैन,
- सञ्चारलाइ सम्पूर्ण जनताकाे पहुँचमा पुर्याउन सकिएकाे छैन,
- जनतामा सञ्चारका साधन र प्रविधिका सम्बन्धमा ज्ञानकाे कमि छ,
- नविनतम सञ्चार प्रविधिकाे विकास र प्रयाेग गर्न सक्ने जनशक्ति प्रयाप्त नहुनु ।
नेपालमा देखिएका सञ्चार क्षेत्रका समस्या समाधानका उपायहरू
नेपालमा सञ्चार क्षेत्रमा देखिएका समस्याहरूकाे समाधान गर्न देहायका उपायहरू अपनाउन सकिन्छ ।
- सञ्चार क्षेत्रकाे विकास र प्रयाेगकाे लागि दक्ष जनशक्तिकाे उत्पादन गर्ने नीति ल्याउनुपर्छ,
- नविनतम् प्रविधिकाे प्रयाेगकाे लागि अावश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ,
- सञ्चार क्षेत्रकाे विकासका लागि अावश्यक लगानी अभिवृद्धि गर्ने,
- जनतामा सञ्चार प्रविधिकाे प्रयाेग बढाउन चेतनामुलक कार्यक्रम ल्याउने,
- सञ्चार प्रविधिलाइ जनताकाे पहुँचयाेग्य बनाउनु पर्छ ।
पन्ध्राैँ याेजनामा सञ्चार
साेच
सूचना प्रविधियुक्त राष्ट्र ।
लक्ष्य
अाम सञ्चार, दूरसञ्चार तथा सूचना प्रविधिमा सबै नागरिककाे पहुँच तथा उच्चतम उपयाेग सुनिश्चित गरी अामनागरिककाे जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने ।
उद्देश्य
- सबै नागरिकमा सञ्चार तथा सूचना प्रविधिकाे सहज पहुँच तथा उपयाेग विस्तार गर्नु ।
- सञ्चार सूचना प्रविधिकाे सेवालाइ सर्वसुलभ, भरपर्दाे र गुणस्तरीय बनाउनु ।
- सञ्चार सूचना प्रविधिमा अाधारित उद्याेगकाे विकास गरी राेजगारी वृद्धि गर्नु ।
रणनीति
- सूचनामा सबै नागरिककाे पहुँच तथा उपयाेग सुनिश्चित गर्ने ।
- पूर्ण प्रेश स्वतन्त्रताकाे सुनिश्चितता गर्दै अामसञ्चारमा सबै नागरिककाे पहुँच विस्तार गर्ने ।
- दुरसञ्चार एवम् ब्राेडब्याण्ड सेवाकाे पहुँच देशभर पुर्याउने ।
- डिजिटाइजेसन मार्फत सामाजिक, अार्थिक र शासकीय व्यवस्थामा सुधार गर्ने ।
- हुलाक सेवालाइ पुनर्संरचना गरी स्वायत्त, प्रतिस्पर्धी र व्यवसायिक बनाउने ।
- चलचित्र क्षेत्रकाे पूर्वाधार विकास गरी उद्याेगकाे रूपमा विकास तथा प्रवर्द्धन गर्ने
- सुरक्षण मुद्राकाे विकास गर्ने ।
- विज्ञापन बजार व्यवस्थित बनाउने ।

No comments:
Post a Comment