Concept (अवधारणा)
भविष्यका पिँढीकाे अावश्यकालाइ पनि ध्यानमा राखेर वर्तमान अावश्यकता परिपुर्तिका लागि गरिने विकास नै दीगाे विकास हाे । यसलाइ टिकाउ विकास पनि भन्न सकिन्छ । यसमा प्रकृति, मानव र विकासकाे सम्बन्धमा विशेष ध्यान दिइन्छ । वातारवरण संरक्षणकाे अवधारणा सँगसँगै दीगाे विकासकाे अवधारणा अगाडी अायाे । प्रारम्भमा याे वातावरण संरक्षणकाे अवधारणा सँगसँगै अाए पनि पछिल्लाे समयमा राजनीतिक, अार्थिक, सामाजिक, नैतिक, मानवीय र साँस्कृतिक पक्ष पनि यसका अायाम बन्न पुगेका छन् ।
नेपालमा अाठाैँ याेजनादेखि दीगाे विकासकाे मान्यतालाइ अघि सारिएकाे पाइन्छ । तत्पश्चातका हरेक बजेट, याेजना र विद्यमान संविधानमा पनि यसलाइ विशेष महत्वका रूपमा हेरिएकाे पाइन्छ ।
दीगाेे विकासकालागि भएका प्रयास
- राचेल कार्सनकाे Silent Spring नामक पुस्तक प्रकाशन पश्चात विकासलाइ जनस्वास्थ्य र पर्यावरणीय अायामबाट हेरियाे ।
- UNESCO द्धारा सन् १९६८ मा जीव मण्डलकाे विवेकपूर्ण उपयाेग र संरक्षण सम्बन्धी अन्तरसरकारी सम्मेलनकाे अायाेजना गरियाे ।
- सन् १९६९ मा Friend of Earth नामक संस्थाकाे स्थापना भयाे ।
- अमेरिकामा पहिलाे पृथ्वी दिवस मनाइयाे । जहाँ लाखाैँ अमेरिकीहरू वातावरण विनाशकाे विरूद्धमा उत्रिएका थिए ।
- दीगाे विकासकाे पहिलाे प्रयाेग सन् १९७१ काे हाेलसिन्की सम्मेलनमा परियाे ।
- सन् १९७१ काे क्यानडाकाे Green Peace अभियान ।
- OECD काे Polluters Pay Principle विकास भयाे ।
- सन् १९७२ मा स्टकहाेम सम्मेलन । जहाँ ११४ देशका प्रतिनिधिहरूले मानवीय वातावरण सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा भाग लिए ।
- सन् १९७३ मा अमेरिकामा जाेखिममा परेका प्रजाति संरक्षण एेन पारित भयाे ।
- सन् १९८३ मा सुन्दरलाल बहुगुणाकाे भारतकाे चिप्काे अान्दाेलन् ।
- सन् १९७४ मा रसायन शास्त्री सेरउड राेल्याण्ड र मारियाे माेलिनाले क्लाेराेफ्लाेराे कार्वनले अाेजाेन तहकाे विनाश गर्न सक्छ भन्ने कुरा पत्ता लगाए ।
- सन् १९७५ काे साइटिस अभिसन्धी ।
- सन् १९७७ काे केन्यामा Green Belt Movement.
- सन् १९८० मा दीगाे विकास सम्बन्धी अन्तराष्ट्रिय संस्थाकाे स्थापना ।
- राष्ट्रसंघीय वातावरण कार्यक्रमले केन्याकाे नैरेवीमा स्टकहाेम plus 10 काे अायाेजना गर्याे ।
- सन् १९८३ मा नर्वेका तत्कालिन प्रधानमन्त्री ग्राे हार्लेम ब्रुटल्याण्डकाे अध्यक्षतामा वातावरण र विकास सम्बन्धी एक अायाेग गठन ।
- सन् १९८५ मा वैज्ञानिकहरूले अाेजाेन तहमा प्वाल परेकाे कुरा पत्ता लगाए ।
- सन् १९८७ मा ब्रुटल्याणड अायाेगकाे प्रतिवेदन Our common future सार्वजानिक भयाे ।
- E.O. विल्सनले सन् १९८८ मा Bio diversity नामक पुस्तक प्रकाशन गरे ।
- सन् १९९२ मा वातावरण र विकास सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अायाेजना ।
- सन् २००२ काे वातावरणीय जाेहान्सवर्ग सम्मेलन ।
- सन् २००७ काे वातावरण सम्बन्धी वाली सम्मेलन ।
- सन् २००९ मा १९२ राष्ट्रहरू सम्मिलित संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन काेप -१५ डेनमार्कमा सम्पन्न ।
- सन् २०१६ देखि लागू भइ सन् २०३० सम्म पुरा गर्ने प्रतिवद्धताका साथ दीगाे विकासका लक्ष्यहरू निर्धारण गरिएका ।
No comments:
Post a Comment