चीनबाट सुरू भइ विश्वभर फैलिएकाे काेराेना भाइसरकाे कारण संक्रमण फैलिएका अधिकाँश देशहरू लकडाउनमा छन् । घना जनघनत्व भएका शहरहरूमा पनि मानिसहरूकाे चहलपहल शून्यप्रायः छ । एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै फैलिन सक्ने याे भाइरसबाट बच्ने एक मात्र उपाय भनेकाे एकान्तबास नै हाे । अझैसम्म उपचार पद्धति पत्ता लागि नसकेकाे याे भाइरसकाे कारणले मानव समुदाय त्राहित्राहि बनेकाे छ ।
संकट
असामान्य, अनिश्चित र अनपेक्षित रूपमा उत्पन्न हुने गम्भिर र दुखदायी अबस्था नै संकट हाे । यसकाे नियन्त्रण असहज र मानव जातिकाे तत्कालिन अवस्थामा काबु बाहिर पनि जान सक्छ । जब समय सापेक्ष सन्तुलनमा रहेका प्राकृतिक, सामाजिक, साँस्कृतिक, राजनैतिक, अार्थिक, मानवीय जस्ता पक्षहरूमा असन्तुलन र नियन्त्रणकाे तत्कालिन क्षमता माथि नै प्रश्न खडा हुने परिस्थिति अाउँछ, त्यस्ताे अवस्थालाइ सामान्यतया संकटकाे संज्ञा दिइन्छ ।एउटै किसिमकाे जाेखिम पनि परिस्थिति, समय र खेप्नसक्ने क्षमता अनुसार संकट हुन पनि सक्छ नहुन पनि सक्छ । COVID-19 ले पनि अमेरिका, स्पेन, इटाली, फ्रान्स जस्ता देशहरूमा संकटकाे अवस्था सृजना गरेकाे छ भने बुरूण्डी, पपुवा न्यूगिनी, नेपाल, यमन जस्ता देशहरूमा यसकाे असर कम देखिएकाे छ ।
विपद
यदि संकटले भयाभह स्थिति लियाे र क्षतिकाे परिणाम ठुलाे भयाे भने यसले विपद्काे रूप लिन्छ । यदि बेलैमा संयमितता अपनाउन सकिएन भने संक्रमितकाे संख्या करीब पाँच लाख नाघेकाे अमेरिका लगायतका सम्पूर्ण देशमा COVID-19 ले विपदकाे अवस्था नल्याउला भन्न सकिन्न ।अापतकाल
करीब पाँच महिनाकाे अवधीमा विश्वका २०९ भन्दा बढी देशमा फैलिसकेकाे COVID-19 काे राेकथामकाे लागि संयमित भएर कदम उठाएनाैँ भने यसले विश्व मानव समुदायमा अापतकालिन अवस्था सृजना गर्ने कुरामा कुनै दुइमत छैन ।
कसरी हटाउने लकडाउन ?
बच्चा बच्चालाइ थाहा छ कि याे काेराेना भाइसरकाे उपचार पद्धति अहिले सम्म पत्ता लागेकाे छैन भनेर । यसबाट बच्ने एउटै मात्र उपाय संक्रमितकाे सम्पर्कमा नअाउनु हाे भन्ने कुरा पनि सबैलाइ अवगत नै छ । याे पनि के थाहा छ भने साधारणतया राेगकाे लक्षण देखिनु भन्दा अगाडि नै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरिसकेकाे हुन्छ । त्यस्तै यसकाे लक्षण सामान्यतया कम्तिमा पनि २ हप्ता पछि पनि देखा पर्ने गरेका तथ्य पाइनु, कसैलाइ यसकाे कुनै किसिमकाे प्रभाव नपरे पनि संक्रमण भएकाे पाइनुले यसलाइ भुसकाे अागाेकाे संज्ञा पनि दिन थालेका छन् कतिपयले ।
यदि लकडाउन हटाउनु पूर्व प्रत्येक व्यक्तिकाे स्वास्थ्य परीक्षण गरिएन भने "वन जलाउन अागाेकाे एक झिल्का काफी हुन्छ" भने झैँ झन् ठुलाे भयावह स्थिति सृजना हुन सक्छ । यस्ताे अवस्थामा कुनै पनि कुरामा भेदभाव नगरेर याे मेराे नागरिक, याे अर्काे देशकाे नागरिक भन्ने जस्ता कुराकाे पछाडी नलागी जाे जहाँ छ त्यहाँ नै पूर्ण स्वास्थ्य परीक्षण गरेर मात्र अहिले विभिन्न देशहरूमा चलिरहेकाे लकडाउन खुला गर्नु बुद्धिमानी देखिन्छ ।

No comments:
Post a Comment