Friday, 10 April 2020

Positive effects on environment due to Lockdown - लकडाउनकाे कारण वातारणमा परेकाे सकरात्मक प्रभाव ।


विश्वभरी फैलिएर मानव समुदायमा त्रास फैलाइरहेकाे COVID-19  काे कारण पृथ्वीकाे पर्यावरणमा भने सकरात्मक प्रभाव पारिरहेकाे छ । चीनकाे हुवेइ प्रान्तकाे बुहान शहरबाट सुरू भइ विश्वकाे करिब २०० भन्दा बढी देशहरूमा फैलिएकाे याे भाइरसकाे कारण संक्रमण फैलिएका अधिकाँश देशहरू अहिले lockdown काे अवस्थामा रहेका छन् ।  लकडाउनकाे कारण मानव समुदायलाइ केहि असहज भएकाे अवश्य हाे तर प्रकृतिले भने अाफूलाइ स्वच्छ बनाउने अवसर पाएकाे छ । केहि प्रतिनिधि उदाहरणरू यहाँ उल्लेख गर्ने प्रयास गरिएकाे छ ।

सफा हावा 

 

युराेपका स्पेन लगायतका शहरमा गत वर्षकाे मार्चमा भएकाे नाइट्राेजन डाइअक्साइडकाे अाैसत मात्रा भन्दा यस वर्ष (सन् २०२०) कम  नाइट्राेजन डाइअक्साइडकाे मात्रा रहेकाे विभिन्न अध्ययनहरूले देखाएका छन् । चीन, जहाँबाट काेराेना भाइरस फैलिएकाे हाे त्यहाँ सन् २०२० काे सुरूमा नै लकडाउनकाे कारण मानिसहरू घरभित्रै बसेकाे र उद्याेग कारखानाहरू बन्द भएकाे कारण कार्वन उत्सर्जनकाे मात्रा करीब २० प्रतिशतले घटेकाे सराेकारवालाहरूले जनाएका छन् । त्यस्तै वायु प्रदूषणकाे मार खेपिरेका विश्वका अन्य देशका शहरहरूमा पनि प्रदूषणकाे मात्रा घटेकाे पाइएकाे छ ।
यता दक्षिण एसियामा  IQAir Air visual 2018 world Air Quality Report & Greenpeace मा उल्लेख भए अनुसार विश्वका शिर्ष १० प्रदूषित शहर मध्य ७ वटा भारतका शहर थिए । जसमा Gurugram, Ghaziabad, Faridabad, Bhiwadi, Noida, Patna, Lucknow जस्ता शहर थिए । त्यस्तै WHO काे सन् २०१९ मा अाएकाे एक रिपाेर्ट अनुसार विश्वका ३० वटा प्रदुषित शहर मध्य २२ वटा भारतमा पर्ने जस मध्य नयाँ दिल्ली पहिलाे नम्बरमा र नेपालकाे काठमाण्डाै साताैँ प्रदूषित शहरकाे रूपमा उल्लेख भएकाे थियाे । २१ दिन लामाे लकडाउनकाे घाेषणासँगै ति शहरहरूकाे हावा पनि स्वच्छ  देखिन थालेकाे छ ।

सफा पानी


लकडाउनकाे कारण उद्याेगधन्दा र बजारहरू बन्द हुँदा शहर बजार र अाैधाेगिक क्षेत्रबाट निस्कने फाेहाेरकाे मात्रामा गिरावत अाएसँगै पानीमा मिसिने फाेहाेरकाे मात्रा घटेपछि नदिहरूका पानी पनि सफा देखिन थालेका छन् । जसले गर्दा जलिय पारिस्थितिक प्रणालीलाइ स्वस्थ हुने अवसर जुरेकाे छ ।

पशुपंक्षी स्वतन्त्र भएका छन् 

जंगली हाेस् वा घरपालुवा पशुपंक्षी लकडाउनकाे कारण मानिसहरूसँगकाे सम्पर्कबाट टाढा भएका छन् । युराेपका स्पेन, चिली लगायतका देशहरूका विभिन्न शहरहरूमा जंगली भेडाहरू खुले अाम विचरण गरिरहेका विभिन्न सञ्चार माध्यममा देख्न सकिन्छ । त्यस्तै लकडाउन घाेषणा भएसँगै चिडियाखानामा मानिसहरूकाे अावागमन नभएपछि त्यहाँका पशुपंछीले केहि हदसम्म भएपनि स्वतन्त्र महशुस गरेका छन् ।

के पाठ सिकायाे ?

लकडाउनकाे कारण याे कुरा त स्पष्ट भयाे कि मानिसकाे अनुपस्थिति भयाे भने कति छिट्टै प्रकृतिले अाफूलाइ सम्हाल्न सक्छ भन्नेर । विश्वव्यापी Global warming काे सामना गरिरहेकाे अाजकाे विश्व समुदायले एउटा पाठ सिकेकाे छ कार्वन उत्सर्जन र Global warming न्युनिकरण गर्ने कुरामा । अब याे विश्वव्यापी महामारीकाे रूप लिएकाे संक्रमणकाे Safe landing पश्चात पनि हरेक वर्ष जसाे केहि दिनका लागि विश्व समुदायले मिलेर यस्तै किसिमकाे विश्वव्यापी लकडाउन गर्ने हाे भने दिगाे विकासकाे लक्ष्य अन्तर्गत ताेकिएकाे विश्वव्यापी तापक्रम वृद्धिलाइ १.५ डिग्रीमा सिमित राख्ने लक्ष्य सहजै हासिल गर्न सकिन्छ ।

No comments:

Post a Comment