Friday, 10 April 2020

Globalization & Development - विश्वव्यापीकरण र विकास ।


विश्वका देशहरूबीच वस्तु तथा सेवा, श्रम, पुँजी र प्रविधिकाे प्रवाहमा हुने खुलापन नै विश्वव्यापीकरण हाे । अाज विश्वव्यापीकरण निकै चलन चल्तिमा रहेकाे शब्द भएकाे छ । विशेष गरी सन् १९८० काे दशकमा विश्वमा अाएकाे उदारिकरणकाे प्रभाव स्वरूप विश्वमा वस्तु तथा सेवा, पुँजी र प्रविधिकाे अादानप्रदान सुरू भएकाे हाे । सन् १९९० काे दशकमा साेभियत संघकाे विघटन र शीतयुद्धकाे अन्त्यसँगै  विश्वव्यापीकरणले अाफ्नाे पकड जमाउन थालेकाे हाे । पछिल्लाे समयमा विश्वका मूलुकहरू अार्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक तवरले पनि परस्परमा नजिक हुन थालेका छन् याे पनि विश्वव्यापीकरणकाे एक महत्वूर्ण उपलब्धी हाे ।
सन् २००० मा अन्तराष्ट्रिय मुद्राकाेषले विश्वव्यापीकरणका ४ वटा पक्षहरू पहिचान गरेकाे छ ।
  • Trade and transaction
  • Capital and investment
  • Migration and movement
  • Dissemination of knowledge
नेपालले वि.सं. २०३८ मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण एेन मार्फत  विदेशी लगानी भित्र्याने नीति अवलम्बन गरेकाे पाइन्छ भने वि.सं. २०५० मा निजिकरण एेन मार्फत विकासमा निजि क्षेत्रकाे अभ्यासकाे अलावा उद्याेग, वाणिज्य, पर्यटन, जलविद्युत, वैदेशिक राेजगार अादि नीति अगाडि सारेर विश्वव्यापीकरणमा हाेमिएकाे पाइन्छ । WTO काे सदस्यतासँगै नेपालकाे विश्वव्यापीकरणकाे यात्रा अझ फराकिलाे भएकाे छ साथै विभिन्न मूलुकसँगकाे द्धिपक्षीय र बहुपक्षीय सम्झाैता, BIMSTEC, SAFTA, WB, लगायतका अन्तराष्ट्रिय निकायहरूमा अावद्धता र सहकार्यले पनि विश्वव्यापीकरणकाे लहरमा नेपाललाइ अग्रस्थानमा राख्न टेवा पुर्याएका छन् ।

विश्वव्यापीकरणका प्रभाव

सकरात्मक प्रभाव

विश्वव्यापीकरण विश्वलाइ एक अर्कासँग जाेड्ने जालाे हाे । यसले अाधूनिक समयका मावनलाइ अाफ्ना क्रियाकलापहरू सहज बनाउन निकै सहज भएकाे छ । यसका सकरात्मक प्रभावलाइ यसरी बुँदागत गर्न सकिन्छ ।
  • गरीब र कम विकसित देशहरूमा विदेशी लगानी र प्रविधिकाे पहुँच पुगेकाे छ ।
  • अन्तराष्ट्रिय प्रतिस्पर्धाकाे कारण उपभाेक्ताले सुलभ मूल्यमा गुणस्तरीय वस्तुकाे उपभाेग गर्न पाएका छन् ।
  • श्रम बजारकाे क्षेत्र व्यापक भएकाे छ ।
  • मानिसले अाफ्नाे क्रयशक्ति अनुसारकाे वस्तु उपयाेग गर्न पाएका छन् ।
  • मानिसकाे जीवनशैलीमा व्यापक परिवर्तन भइ अार्थिक, सामाजिक र साँकृतिक  रूपान्तरण भएकाे छ ।

नकरात्मक प्रभाव

विश्वव्यापीकरणले सँधै राम्राे मात्र गर्छ नन्नु विल्कुले जायज हुँदैन ।  यसका नकरात्मक पक्ष पनि त्यत्तिकै छन् । ति मध्यका केहि नकरात्मक कुराहरू यस्ता छन् ।
  •  बैदेशिक सहायता, प्रविधि जनशक्तिकाे वर्चश्व हुने भएकाेले कमजाेर राष्ट्रकाे सम्प्रभुतामाथि प्रश्न चिन्ह खडा गराउँछ ।
  • धनी र विकसित देशले अाफ्नाे स्वार्थ अनूकुल प्रयाेग गर्ने भएकाेले असमानता र मतभेत निम्त्याउँछ ।
  •  मानिस तथा वस्तुकाे अाेहाेर दाेहाेर हुने भएकाेले  Spanis flu, CoVid-19 जस्ता विश्वव्यापी महामारीजन्य खतरा निम्तिने सम्भावना अधिक हुन्छ ।
  • अार्थिक र बाैद्धिक शक्तिकाे अाडमा शक्ति सम्पन्न राष्ट्रकाे विकासशिल देशमाथि अार्थिक अाैपनिवेशिकरण हुने खतरा बढ्दाे छ ।
  • विभिन्न धनी बहुराष्ट्रिय कम्पनिकाे सञ्जालले विश्वलाइ नै अाफ्नाे पञ्जामा राख्दा विभिन्न किसिमका अार्थिक असमानताकाे स्थिति सृजना हुन्छ ।

No comments:

Post a Comment