विश्वका देशहरूबीच वस्तु तथा सेवा, श्रम, पुँजी र प्रविधिकाे प्रवाहमा हुने खुलापन नै विश्वव्यापीकरण हाे । अाज विश्वव्यापीकरण निकै चलन चल्तिमा रहेकाे शब्द भएकाे छ । विशेष गरी सन् १९८० काे दशकमा विश्वमा अाएकाे उदारिकरणकाे प्रभाव स्वरूप विश्वमा वस्तु तथा सेवा, पुँजी र प्रविधिकाे अादानप्रदान सुरू भएकाे हाे । सन् १९९० काे दशकमा साेभियत संघकाे विघटन र शीतयुद्धकाे अन्त्यसँगै विश्वव्यापीकरणले अाफ्नाे पकड जमाउन थालेकाे हाे । पछिल्लाे समयमा विश्वका मूलुकहरू अार्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक तवरले पनि परस्परमा नजिक हुन थालेका छन् याे पनि विश्वव्यापीकरणकाे एक महत्वूर्ण उपलब्धी हाे ।
सन् २००० मा अन्तराष्ट्रिय मुद्राकाेषले विश्वव्यापीकरणका ४ वटा पक्षहरू पहिचान गरेकाे छ ।
- Trade and transaction
- Capital and investment
- Migration and movement
- Dissemination of knowledge
विश्वव्यापीकरणका प्रभाव
सकरात्मक प्रभाव
विश्वव्यापीकरण विश्वलाइ एक अर्कासँग जाेड्ने जालाे हाे । यसले अाधूनिक समयका मावनलाइ अाफ्ना क्रियाकलापहरू सहज बनाउन निकै सहज भएकाे छ । यसका सकरात्मक प्रभावलाइ यसरी बुँदागत गर्न सकिन्छ ।
- गरीब र कम विकसित देशहरूमा विदेशी लगानी र प्रविधिकाे पहुँच पुगेकाे छ ।
- अन्तराष्ट्रिय प्रतिस्पर्धाकाे कारण उपभाेक्ताले सुलभ मूल्यमा गुणस्तरीय वस्तुकाे उपभाेग गर्न पाएका छन् ।
- श्रम बजारकाे क्षेत्र व्यापक भएकाे छ ।
- मानिसले अाफ्नाे क्रयशक्ति अनुसारकाे वस्तु उपयाेग गर्न पाएका छन् ।
- मानिसकाे जीवनशैलीमा व्यापक परिवर्तन भइ अार्थिक, सामाजिक र साँकृतिक रूपान्तरण भएकाे छ ।
नकरात्मक प्रभाव
विश्वव्यापीकरणले सँधै राम्राे मात्र गर्छ नन्नु विल्कुले जायज हुँदैन । यसका नकरात्मक पक्ष पनि त्यत्तिकै छन् । ति मध्यका केहि नकरात्मक कुराहरू यस्ता छन् ।
- बैदेशिक सहायता, प्रविधि जनशक्तिकाे वर्चश्व हुने भएकाेले कमजाेर राष्ट्रकाे सम्प्रभुतामाथि प्रश्न चिन्ह खडा गराउँछ ।
- धनी र विकसित देशले अाफ्नाे स्वार्थ अनूकुल प्रयाेग गर्ने भएकाेले असमानता र मतभेत निम्त्याउँछ ।
- मानिस तथा वस्तुकाे अाेहाेर दाेहाेर हुने भएकाेले Spanis flu, CoVid-19 जस्ता विश्वव्यापी महामारीजन्य खतरा निम्तिने सम्भावना अधिक हुन्छ ।
- अार्थिक र बाैद्धिक शक्तिकाे अाडमा शक्ति सम्पन्न राष्ट्रकाे विकासशिल देशमाथि अार्थिक अाैपनिवेशिकरण हुने खतरा बढ्दाे छ ।
- विभिन्न धनी बहुराष्ट्रिय कम्पनिकाे सञ्जालले विश्वलाइ नै अाफ्नाे पञ्जामा राख्दा विभिन्न किसिमका अार्थिक असमानताकाे स्थिति सृजना हुन्छ ।

No comments:
Post a Comment